Loading... 17 October 2018|   बुधबार, अशोज ३१, २०७५

हिल्सा पब्लिकले पनि खाेल्याे अग्रिम टिकट बुकिङ

  |

सुर्खेत । भर्खरै सेवा शुरु गरेको हिल्सा पब्लिक यातायात प्रालि सुर्खेतले काठमाडौंबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत आउन अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैँ र तिहार पर्वलाई लक्षित गरी कर्णाली आउने यात्रुहरुका लागि समितिले टिकट बुकिङ्ग खुला गरेको हो ।

दशैँ र तिहारका लागि अग्रिम टिकट बुकिङ्ग खुला गरेको प्रालिका सचिव जीवन शर्माले जानकारी दिए । यात्रुहरुको सहजताको लागि अग्रिम टिकट बुकिङ खुला गरेको उनको भनाई छ ।

काठमाडौंबाट सुर्खेत, र दैलेख आउने यात्रुहरुले काठमाडौं गौगबु बसपार्कबाट टिकट बुकिङ्ग गर्न सकिने समितिले जनाएको छ । सुर्खेत बसपार्कमा पनि अग्रिम टिकट विक्री भैरहेको सचिब शर्माले बताए ।

हिल्सा प्रालिले हालसम्मकै अत्याधुनिक डिलक्स गाडी भित्राएर सुर्खेत काठमाण्डौ लगायतका विभिन्न रुटहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५     3:35:59 PM
error: Content is protected !!