दैलेख । दैलेखमा क्षेत्रिय रंगशाला र कर्वड हल निर्वाध रुपमा बन्ने निर्वाचन क्षेत्र नम्वर १ (क) का प्रदेश सांसद अम्मरबहादुर थापाले बताएका छन् । उनले रिपोर्टर्स क्लव दैलेखमा जिल्लाको विकासका लागि आफु लागि परेको भन्दै तत्काल रंगशाला र कर्वड हल बन्ने बताएका हुन् ।
तत्काल ५ करोडको कवर्ड हल निर्माणका लागि प्राविधिक रुपमा त्रिभुवन मावीको जग्गामा ठिक भनेर अन्तिम तयारी भएपछि बनाउनुपर्ने बताए ।
माल्ली जंगमा क्षेत्रिय स्तरको रंगशालाका लागि डिपिआरका लागि पहल गर्ने सासद थापाले बताए । जिल्लामा आएको विकास फिर्ता कसैले पनि गर्न नहुँने बताए । कर्वड हल धेरै दुःख गरेर जिल्लामा आएको हुनाले फेल गराए सवैलाई क्षती हुने एक प्रश्नमा सासद थापाले बताए । सवै मिलेर कर्वड हल बनाउँन लाग्नुपर्छ ।
सांसद थापाले भने, रंगशाला र कर्वड हल फरकफरक ठाउँमा भए कुनै फरक पर्दैन् । सवै ठाउँको विकासका लागि आफु सम्मान रुपमा लागेको छु । रुप्ल् तल ठिक छैन् भनेपछि जिद्यलामा बनाउनुपर्छ भन्ने हो ।
जिल्लाको विकासका लागि राजनिति दलको भिजन नभएर पछाडी परेको उनको तर्क थियो । जिल्लामा कर्वड हल र रंगशाला कहाँ बनाउने भन्ने विषयमा विवाद थुलिएपछि सांसद थापाले सवै ठाउँको विकासका लागि एकमत हुन अपिल गरे ।
अहिले रंगशाला बनाउने भन्ने ठाउँ माल्लीमा कर्वड हल बनाउनका लागि प्राविधिक रुपमा ठिक नभएपछि त्रिभुवन माविको जग्गामा बनाउन टेण्डर भएसगै नारायण नगरपालिका १ र २ को विवाद भएको थियो । रंगशाला २ नम्वर वडाको माल्लीमा बनाउने तयारी भैरहेको छ ।