☰ open Loading... 25 April 2024|  

ग्रामिण बस्तीमा आधुनिक मिलकाे प्रवेशले ढिंकी जाँतो लोप
  | ९ आश्विन २०७५, मंगलवार १२:०१

दिपक जैसी
सुर्खेत । कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा आधुनिक तथा डिजलबाट चल्ने मिल स्थापना भएपछि यहांका परम्परागत रुपमा चल्दै आएका ढिकी र जाँतो लोप हुदै गएका छन् । गाउँमा डिजल तथा बिद्युतिय मिलको स्थापनासंगै परम्परागतदेखि कुटानी पिसानी गर्न प्रयोग गर्ने ढिकी र जांतो प्रयोगबिहीन अवस्थामा रहेको कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट कालीकोट, रुकम लगायतका ग्रामीण क्षेत्रमा देख्न सकिन्छ ।

डिजलबाट चल्ने मिल ग्रामिण बस्ती र टोलमा पुगेपछी अब ग्रामीण भेगमा ढिकी र जांतोको प्रयोग हुने चलन हट्दै गएको पञ्चपुरी नगरपालिका तातापानीका चन्द्र देवी साउँदले बताइन् । पहिले पहिले ढिकी जांतोले कुटेको खाद्यान्न खान स्वादीले हुन्थ्यो तर हिजोआज डिजलबाट चल्लने मिलमा आर्कषण बढेपछि ढिकी र जांतो लोपहुदै गएको उनको भनाई छ ।

‘ढिकीमा कुटेको चामल र जांतोमापिसेको पिठो नै सारै मिठो लाग्छ’ पन्चपूरी नगरपालिका–११ का जैसरादेवी जैसीले भनिन् ‘ढिकीको चामल र जाँतोको पिठो जस्तो मिलमा पिसेको पिठो र चामल स्वद पाइँदैन तर बाध्यताले समयअनुसार चल्नु पर्ने भएकाले ढिकी र जाँताको अस्तित्व समाप्त हुन लगेको छ ।’

दशैँ तिहारमा देवि देवतालाई चढाउने र घरमाखाने सेलरोटी पुरी बनाउने पिठो ढिकी र जाँतोमा बिहानै उठेर आफै कुट्ने पिस्ने चलन थियो । घर छेउमै डिजलबाट चल्ने मिल भएपछि विहानै उठेर ढिकी जाँतो गर्नु पर्ने बाध्यताको अन्त्य भएको पञ्चपुरीकै मनरुपा धमालाले बताइन् ।

ढिकी र जांतो बिगत ५/६ वर्ष अघिसम्म घर निर्माणसंगै ढिकी र जातो अनिवार्य राख्थे । अहिले गाउँमा मिल स्थापना भएपछि ढिकी र जाँतो विस्थापितहुँदै गएको छ । केही वर्षअघिसम्म अस्तित्वमा रहेको कोल समेत अहिले लोप भइसकेको छ ।