कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोटमा बेला बखत खाद्यन्न संकट भइरहेका समाचारहरु आइरहन्छन् । कर्णाली जनताले सहज रुपमा खाद्यन्न पाउन भन्ने हेतुले वर्षेनी सरकारले चामल पनि पठाइहेको हुन्छ । तर हरेक वर्ष हुने खाद्य संकट भने कहिल्यै अन्त्य हुँदैन् । कर्णालीका जिल्लाहरुमा खाद्यन्न पु¥याउँदै आएको नेपाल खाद्य संस्थान सुर्खेतले ग्रामिण भेगका जनतालाई खाद्यन्न कसरी उपलव्ध गराइरहेको छ र सस्तो पसलमा यो पटक प्रदेश राजधानी बासीले फरक खाद्य बस्तु के पाउँछन् त भनि नेपाल खाद्य संस्थान सुर्खेतका प्रमुख भीम बहादुर थापासंग पश्चिमनेपाल डटकमका लागि सुशील खड्काले गरेको कुराकानीका सम्पादित अंश ः–
आजभोली के काममा व्यस्त हुनुहुन्छ ?
कर्णाली प्रदेशका सबै खाद्य डिपोहरुमा खाद्यन्न ढुवानीकै काममा अलि व्यस्त छु । किनकी दशैं, तिहार र छठ पर्वहरु नजिकिन थालेका छन् । समयमै नागरिकहरुले खाद्यन्न पाउन भन्ने हेतुले त्यसको समन्वयात्मक काममै व्यस्त छु । हाम्रो लक्ष्य पनि दशैँ अगावै सवै खाद्य डिपोहरुमा खाद्यन्न पु¥याउने रहेको छ । खाद्यन्न ढुवानीका लागि ठेक्का पट्टाको सम्झौता गरेर समयमै खाद्यन्न ढुवानी गर्नमा आग्रह समेत गरिरहेको छु ।
खाद्यन्न अभाव हुनुको प्रमुख कारण भनेकै समयमै डिपोमा चामल पु¥याउन नसक्नु हो ।
कर्णालीका कतिपय जिल्लाहरुमा खाद्यन्न अभाव भएका खवरहरु सार्वजनिक भइरहन्छन् खासमा यस्तो समस्या किन हुन्छ ?
कर्णालीमा सबैभन्दा बढी खाद्यन्न अभावा हुने जिल्लाहरुमा हुम्ला, डोल्पा र मुगु नै हुन् । मुगु सदरमुकाम बाहेक अन्य दुई जिल्लामा अझैसम्म मोटर बाटो पुगेको छैन् । मुगुमा मोटर बाटो पुगेपनि सदरमुकामबाट गाउँ–गाउँसम्म खाद्यन्न पु¥याउन निकै समस्या हुने गरेको छ ।
त्यसैले अन्य जिल्लाहरुको तुलनामा यी जिल्लामा खाद्यन्न अभाव अलि बढी हुने गरेको छ । खाद्यन्न अभाव छ भनेर हामीले समस्या मात्रै देखाउने गरेका छैनौं त्यसको समाधानका लागि समयमै सम्वन्धीत सदरमुकाममा खाद्यन्न ढुवानी गरेर त्यहाँबाट घोडा खच्चरको माध्यमबाट खाद्यन्न ढुवानीको काम जारी नै छ । तर आवश्यकता अनुसार हामीले खाद्यन्न ढुवानी गर्न सकेका छैनौं । जस्तो हुम्लाकै कुरा गर्ने हो भने दशैँ आउन १५ दिन मात्रै बाँकी छ । सिमिकोटसम्म खाद्यन्न पु¥याउन मौसमले साथ दिइरहेको छैन् ।
हवाइमार्गबाट खाद्यन्न पु¥याउने विकल्प बाहेक हामीसंग अरु उपाय छैन् । मुगु सदरमुकामसम्म पनि खाद्यन्न पुगिसकेको छ । तर त्यहाँबाट गाउँसम्म समयमै पु¥याउन सकिएको छैन् । खाद्यन्न अभाव हुनुको प्रमुख कारण भनेकै समयमै डिपोमा चामल पु¥याउन नसक्नु हो ।
कार्यालयले ठेक्का आह्वान गरेर ढुवानीकर्तासंग सम्झौता गरेर खाद्यन्न ढुवानी हुँदै आएको छ । कहिले काँही उहाँहरुले समयमै खाद्यन्न ढुवानी नगर्दा यस्तो समस्या आउने गरेको छ । तर हामीले दशैँ अगाडीसम्म सबै डिपोहरुमा खाद्यन्न पु¥याउन ताकेता गरिरहेका छौं । खाद्य संस्थान सुर्खेतको गोदाममा अहिले २१ हजार कुण्डल चामल मौज्दात पनि छ । यो पटक खाद्यन्न ढुवानीमा ढिलाई हुन नदिन र समयमै नागरिकलाई चामल पु¥याउन हामी लागि परेका छौं ।
कर्णालीमा माग र आपूर्तिको सन्तुलन छैन् । त्यसले पनि समस्या उत्पन्न हुनेगरेको छ । कर्णालीमा झण्डै ४० हजार कुण्डल चामल माग छ तर हामीले वर्षभरी मुश्कीलले १२ हजार मात्रै ढुवानी गर्नु पर्ने बाध्यता छ । राहतै दिने हो भने माग अनुसारको आपूर्ति सरकारले गर्ने व्यवस्था गर्नुपर्छ ।
कर्णालीका जिल्लाहरुमा खाद्यन्न ढुवानी कसरी गरिराख्नु भएको छ ?
कर्णालीमा खाद्य संस्थानका २३ ओटा डिपोहरु छन् । दुई जिल्ला बाहेक अन्य जिल्लाहरुमा सडक मार्गबाट नै खाद्यन्न ढुवानी गर्दै आएका छौं । मोटर बाटो नपुगेका डोल्पा र हुम्लामा हवाई मार्गबाट खाद्यन्न ढुवानी गरिरहेका छौं । तर कर्णालीको प्रमुखको समस्या भनेकै सदरमुकामसम्म खाद्यन्न पु¥याए पनि डिपोहरुसम्म चामल पु¥याउन निकै समस्या भइरहेको छ । हुन त ठेक्का सम्झौतामार्फत हामीले ढुवानी गर्छौं ।
तर भनेको समयमै ढुवानीकर्ताले चामल नउठाइदिँदा कहिले काँही खाद्य संकट हुन्छ । सदरमुकामसम्म पुगेको चामललाई घोडा र खच्चरबाट ढुवानी हुने गरेको छ । कर्णालीमा माग र आपूर्तिको सन्तुलन छैन् । त्यसले पनि समस्या उत्पन्न हुनेगरेको छ । कर्णालीमा झण्डै ४० हजार कुण्डल चामल माग छ तर हामीले वर्षभरी मुश्कीलले १२ हजार मात्रै ढुवानी गर्नु पर्ने बाध्यता छ । राहतै दिने हो भने माग अनुसारको आपूर्ति सरकारले गर्ने व्यवस्था गर्नुपर्छ ।
हामीले यो पटक जिरा मसिना, सोना मनसुली, जापानी चामलसंगै कर्णालीकै सिमी पनि विक्री गर्नेर्छौँ । हामीसंग अहिले २७१ कुण्डल सिमि मौज्दात छ ।
भनेपछि यस्तो समस्या सरकार समक्ष किन नराख्नु भएको हो ?
कर्णालीका समस्या बारे मैले पटक–पटक सरकारलाई जानकारी गराउँदै आएको छु । आपूर्ति मन्त्रालयमै पुगेर यस बारे पनि लिखित जानकारी गराएको छु । यहाँ आउनु भएको बेला पनि केन्द्रीय मन्त्री र सरकारका प्रतिनीधिसंग पनि मैले यहाँका समस्या बारे स्पष्ट बुझाउँदै आएको छु । सुनुवाई भएजस्तो मात्रै हुने तर सम्बोन्धन नहुने समस्या छ । यतिसम्म की हामीले कर्णालीमा कम्तीमा ९२ हजार कुण्डल चामलको माग छ त्यो उपलव्ध गराइ दिन पनि भन्दै आएका छौं । अहिलेसम्म यस बारे कहिँ कतैबाट जानकारी आएको छैन् ।
संस्थानले सुर्खेतमा कहिलेदेखी सहुलियतको पसल सञ्चालन गर्छ ?
खाद्य संस्थान सुर्खेतले नजिकीदै गरेको चाडपर्व दशैँ, तिहार र छठ पर्व लक्षित गरेर सस्तो (सहुलियत) पसल सञ्चालन गर्ने तयारीमा छौं । सम्भवत हामीले भोली (१२ गते) देखी शुरु गर्छौं । सरकारले पनि १२ गतेबाट नै शुरु गर्न भनेको छ तर आधिकारिक पत्र आएको छैन् । सरकारले पत्र पठाएमा हामी सञ्चालन गर्छौं । सस्तो पसलका लागि सम्पूर्ण तयारी खाद्य संस्थान सुर्खेतले गरिसकेको छ । हामीले यो पटक जिरा मसिना, सोना मनसुली, जापानी चामलसंगै कर्णालीकै सिमी पनि विक्री गर्नेर्छौँ । हामीसंग अहिले २७१ कुण्डल सिमि मौज्दात छ ।
खाद्य संस्थान आपूर्ति कम्पनीमा रुपान्तरण हुँदैछ । अहिले सुर्खेत कार्यालयको संरचना कस्तो छ ?
सम्भवत यही वर्षमा खाद्य संस्थानहरु आपूर्ति कम्पनीमा रुपान्तरण हुन लागेको छ । कर्णाली प्रदेश राजधानीमा रहेको खाद्य संस्थानका दुई हजार मेट्रिकटनका गोदामहरु छन् । यी मध्य पाँचसय मेट्रिकटनका दुई र एक हजार मेट्रिकटनका एक गोदाम हुन् ।
गोदमहरुलाई व्यवस्थित गर्न जापान सरकारको अनुदानमा वीरेन्द्रनगरस्थित कालुञ्चोक नजिकै झण्डै तीन करोडको लागतमा दुई हजार मेट्रिकटनको गोदाम निर्माणको क्रममा छ । यो भवन बन्यो भने सात प्रदेशमै गोदममा सक्षम कार्यालय सुर्खेत हुनेछ । यसै वर्षदेखी हामीले खाद्य संस्थानको अगाडी २ करोडको लागतमा सपिङ्ग कम्पेलेक्श बनाउँदै छौं । जुन भवन बहुउदेश्यीय भवन हो ।