| १० आश्विन २०७५, बुधबार १८:५९
सुर्खेत । ईलाका प्रहरी कार्यालय बावियाचौरले अवैध घरेलु मदिरा नष्ट गरेको छ । नजिकीदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सञ्चालन गरेको अवैध मदिरा नियन्त्रण अभियान अन्तरगत बरामद भएकाे घरेलु मदिरा बुधबार नष्ट गरेको हो ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ५ बाट घरेलु मदिरा बनाउने १५० लिटर कच्चा पदार्थ, ४० लिटर तयारी रक्सी र मदिरा बनाउन प्रयोग गरिएका तीन थान भाडाहरु बरामद गरिएको ईलाका प्रहरी कार्यालय बाविचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।
उनले वडा नम्बर ५ का वडाध्यक्षको रोहवरमा बुधबार नै मदिरा नष्ट गरेको बताए । नजिकीदै गरेको दशैँ र तिहारलाई सुरक्षितसाथ सम्भय र भव्य मनाउन शान्ति सुरक्षाको अवस्था भरपर्दो बनाउन विशेष निगरानी बढाएको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ ।