‘विश्वसंग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम बनाउनु पर्छ’
चामुण्डा (दैलेख) ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले विश्वसंग प्रतिस्पर्धा गर्न सक्ने स्थानीय पाठ्यक्रम बनाउनु पर्नेमा विश्व प्रजातान्त्रिक युवासंघका उपाध्यक्ष योगेन्द्र शाहीले जोड दिएका छन । जम्बुकाँधमा चामुणडविन्द्रासैनी नगरपालिका सामाजिक विकास शाखा शिक्षा ईकाइले आयोजना गरेको एक दिने स्थानीय पाठ्यक्रम तथा अभिभावक शिक्षामाला निर्माण विषयक कार्यशाला गोष्ठीमा यस्तो जोड दिएका हुन ।
नगरापालिकाले उत्पादन गरेको जनशक्तिलाई स्थानीय स्तरमै भन्दा विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने पाठ्यक्रम बनाउनु पर्ने आजको आवश्यकता हो ।
‘बालबालिकाको भविष्य सुन्दर बनाउनका लागि स्थानीय पाठ्यक्रमको जरुरी छ ।’ ‘स्थानीय बुद्धिजिविहरुको संलग्नतामा पाठ्यक्रम बनाउदा उपयुक्त हुन्छ ।’ उनले भने, स्थानीय बुद्धिजीविहरुलाई भुगोल र कला साँस्कृतिकको बारेमा बढी जानकारी हुने भएकाले स्थानीय बुद्धिजिविहरुबाटै पाठ्यक्रम बनाउदा थप प्रभावकारी हुने उनको भनाई छ ।
यसैगरी चामुण्डाविन्द्रासैनी नगरपालिका नगर प्रमुख सुर्यबहादुर शाहीले संसारलाई परिवर्तन गर्नका लागि चरित्रवान मान्छेको खाँचो पर्ने बताए । नगरपालिकाले चरित्रवान र श्रमलाई सम्मान गर्ने जनशक्ति उपत्पादन गर्नका लागि स्थानीय पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गर्न लागिएको जानकारी दिए ।
‘पढेलेखेका छन, आचारण राम्रो हुदैन, महिला तथा जेष्ठ नागरिक प्रति उत्तरदायी छैनन् ‘आफ्नो घर प्रति उत्तरदायी छैनन्,‘राष्ट्रप्रति उत्तरदायी छैनन, आफ्नो कर्तव्य थाहा हुदैन, म को हुँ, मेरो कर्तव्य के हो, मेरो घर परिवार प्रति जवाफदेहिता र कर्तव्य केहो भन्ने विषयमा अनविज्ञ छन ।’
चरित्रवान मान्छेविना छाडा मान्छेले यो समाज, राष्ट्र र विश्वलाई बल्दन सक्दैन ।’उनले भने,– असल चरित्र र श्रमप्रति सम्मान सहितको श्रम गर्न सक्ने नागरिक बनाउने स्थानीय पाठ्यक्रम तथा अभिभावक शिक्षामालाको उद्देश्य रहेको नगर–प्रमुख शाहीले जानकारी दिए । लोप हुन लागेका रितिरिवाज र कला, साँस्कृति स्थानीय पाठ्यक्रममा समेटिने उनले बताए ।
दैलेखमै पहिलो पटक चामुण्डाविन्द्रासैनी नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउन हो भने नेपालकै स्थानीय अभिभावक शिक्षामाला पहिलो पटक बनाउन लागिएको उनले दावी गरे । अभिभावक नै पहिलो गुरु भएकाले बालबालिकाको भविष्य सुन्दर कसरी बनाउनेमा अभिभावक शिक्षामालाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको भनाई छ ।
कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले सुनको सिरानी हालेर नुनको खोजीमा भौतारि रहेको बताईन । आफुसंग प्राप्त स्रोत साधन भएतापनि परनिर्भरताकै भरमा बाँच्न बाध्य भएको उनले बताईन ।
स्थानीय स्तरकै स्रोत साधनलाई खपत गरी समृद्ध नगरपालिका बनाउन सक्ने पाठ्यक्रम बनाईने उनको भनाई छ । बालबालिकाको सुन्दर भविष्य निर्धारण गर्नका लागि पाठ्यक्रम निर्माण गर्न थालिएको उनले बताईन । आफुहरुले बालबालिकाहरुको भविष्य निर्धारण गर्न पाउदा आफु निकै खुसी भएको बताईन ।
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ का समाजसेवी रविन्द्रबहादुर शाहीले पाठ्यक्रम निर्माणका लागि सबैको महत्वपुर्ण सुझाव सल्लाहको आवश्यक पर्ने बताए । सामाजिक विकृति, आत्म हत्या, महिला हिंसा र विपद् व्यवस्थापन जस्ता विषयहरुमा राखेर पाठ्यक्रममा बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका सहभागीहरुले कला साँस्कृतिक, कृषि आधारित भएर स्थानीय पाठ्यक्रम बनाउनु पर्नेमा जोड दिए । समृद्ध नगरपालिका बनाउनका कृषिमुखी र सीप र व्यवसायी मुखी पाठ्यक्रम हुनेपर्ने उनीहरको भनाई छ ।
साथै आवश्यकता पहिचानलाई पहिलो प्रथामकिता राखी स्थानीय स्रोत साधनको प्रयोग री स्थानीय वातारणमा रमाउन सक्ने खालेको पाठ्यक्रम बनाउन उनीहरुले सुझाव दिए ।