Loading... 17 October 2018|   बुधबार, अशोज ३१, २०७५

क्रिकेटको उपाधी वारियर्सले पायो

  |

दैलेख । दैलेख क्रिकेट संघ दैलेखको आयोजनामा दैलेखमा जारि टि ट्वाईन्टी क्रिकेट प्रतियोगिताको उपाधि पुरानो बजार वारियर्सले हात पारेको छ । टस जितेर व्यटिङ सुरु गरेको पुरानो बजार वरियर्सलको ८ विकेटको क्षती सहित २० ओभरमा १२४ रनको लक्ष्य पछ्रयाउदै त्रिभुवन माध्ययामिक बिद्यालयले १८ ओभरमा १०७ रनमा अलआउट हुदै दोस्रो स्थानमा चित्त बुझाएको छ ।


प्रथम पुरस्कार रु २५ हजारसहित कम तथा मेडल र दोस्रो पुरस्कार रु १५ हजारसहित कप र मेडलहरु प्राप्त गरेका छन् । वेस्ट वलर अफ द म्याच गोपाल बिसी भएका छन भने उनले खेल भर १० विकेट गिराए । त्यसै गरि रनर अफ द म्याच नरेन्द्र नाथ पाण्डेय चयन भएका छन ।

खेल भर उनले ८ विकेट गिराएर १३७ रन जोडेका थिए । गत असोज ७ गते बाट सुरु भएको उक्त प्रतियोगिता जिल्ला भर बाट ५ वटा टिम सहभागि भएको आयोजकले जानकारी दिएको छन् ।

सहभागिहरुमा कालभैरव यूवा क्लव–दुल्लु नगरपालिका,पुरानो बजार वारियर–नारायण नगरपालिका,त्रिभूवन माध्यामिक बिद्यालय–नारायण नगर पालिका,महावु गाउपालिका,राईजिङ स्टार यूवा क्लव–नारायण नगर पालिका गरि ५ वटा समुह प्रतिस्पर्दामा उत्रिएका थिए । खेल नारायण बहुमुखि क्याम्पस रामपुर दैलेखको खेल मैदानमा भएको थियो ।

प्रकाशित मितिः शनिबार, अशोज १३, २०७५     5:21:23 PM
error: Content is protected !!