☰ open Loading... 26 April 2024|  

खमारी खोला जलविद्युतको अध्यक्षमा ढुंगाना
  | २२ आश्विन २०७५, सोमबार २०:४५

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको खमारी खोला जलविद्युत आयोजनाको सञ्चालक समितिको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा जीवन ढुंगाना निर्विरोध चयन भएका छन् । आयोजनाको सञ्चालक समितिको अध्यक्षमा ढुंगानालाई सोमबार साँझ निर्विरोध निर्वाचित भएका छन् । तर बाँकी पदाधिकारीहरुमा भने टुंगो लागेको छैन् ।

आयोजनाको नयाँ नेतृत्वका लागि नेकपा, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले पदको बाँडफाँड गरेका छन् । कांग्रेसले भागमा परेको अध्यक्ष र तीन सदस्यहरुका लागि भुवन कंडेल, शोभा तारामी र शिवराज घिमिरेकाे नाम टुंगाे लगाए पनि पद हेरफेर हुन सक्ने बताइएकाे छ  । यता, राप्रपाले पाएको एक सदस्य पदमा भने कर्णबहादुर रेगामीलाई पठाएको छ ।

यस्तै कांग्रेसले पाएको कोषाध्यक्ष पदमा समेत कसलाई चयन गर्ने भन्ने टुंगो लागेको छैन् । यता, नेकपाले पाएको पद उपाध्यक्ष, सचिब र तीन सदस्यहरुमा कसलाई पठाउने भन्ने टुंगो लगाउन सकेको छैन् ।

भोली (मंगलबार) सम्म सञ्चालक समितिले पूर्णता पाउने बताइएकाे छ । यता नवनिर्वािचत अध्यक्ष ढुंगानाले आयोजनालाई दिगो र प्रभावकारी बनाउन कटिवद्ध रहेर काम गर्ने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।