दैलेख । सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतको नेतृत्वमा नौमुले र डुंगेश्वर गाउँपालिका बजारहरुमा भएको अनुमनमा प्राय म्याद गुज्रेका खाद्यबस्तुहरु भेटिए । म्याद गुज्रेको मात्रै होईन् मुल्य वृद्धि उस्तै त्यसमा पनि कुनै पनि पसलमा मुल्यसुची नै टाँस गरिएको छैन् ।
१८ रुपैँया प्रिन्ट रेट रहेको आयोडिन नुनको पोकालाई खुलमखुल्ला २५ रुपैँयामा विक्रि गरेको जिल्ला अनुगमन समितिले भेटायो । तेल, चामल लगायत दैनिक उपभोगबस्तुहरुमा पसलपिच्छे फरकफरक मुल्यमा ब्यापारिले विक्रि गरिरहेको नौमुले स्थानीय संदिप विकले बताए । म्याद गुज्रेकादेखी मुल्यवृद्धि गरेर पनि दैनिक उपभोग्यबस्तु विक्रि भएको पाईयो । अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, प्राय पसलमा त मुल्यसुची नै छैन् ।
बेस्तडा बजारमा औषधी पसलहरुमा चरम चापरबाही छ । जसको पसल नाममा त उ पसलमा कहिल्यै बस्दैन् । श्रीमती अरुले औषधी पसल चलाउने गरेको अनुगमन समितिले फेला पारेको छ । दैलेख बजार १५ दिन अगाडी अनुगमन भएको थियो । अनुगमनमा अखाद्य बस्तु नष्ट समेत गरिएको थियो ।
चाउचाउदेखी बच्चाहरुले प्रयोग गर्ने सामान धेरै म्याद गुज्रेका फेला गरेको अनुगमन समितिले जनाएको छ । धेरै नै म्याद गुज्रेको सामान भेटियो । बस्नेतले भने, हामीलाई तोकिएको रेटमै विक्रि गरे भन्छन् तर,उनीहरुले मुल्यवृद्धि गरेर बेचेको समेत पाईयो । ब्यापारिले बेस्तडा, नौमुले र डुंगेश्वर बजारहरुमा आफुखुी मुल्यसुचनी बनाएर विक्रि गरेको अनुगमन संयोजक बस्नेतले बताए ।
साईन वोर्ड नभएको, दर्ता नभएको पसल, मुल्य सुची नभएको, नविकरण नभएको लगायतका कुराहरु धेरै पसलहरुमा रहेको अनुगमनमा भेटिएको छ । खाद्य तथा अखाद्य बस्तुहरु एकै ठाउँमा राखेर विक्रि वितरण सवै पसलमा गरेको पाईएको छ । आफुहरुले म्याद गुज्रेका सामान कहाँ राख्ने, खाद्य र अखाद्य बस्तु कहाँ ब्यवस्थापन गर्ने भनेर पटकपटक निर्देशन दिएका तर, सुनुवाई नभएको अनुगमन समितिले जनाएको छ ।
ती पसलहरु अव कार्वाहीको दायिरामा आउने अनुगमन समितिका संयोजक जगतबहादुर बस्नेतले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले अनुगमनमा म्याद गुज्रेका सामान पाईने गरेको बताए ।
‘औषधी पसलहरुमा लापरवाही भएको पाईयो ।’ प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले भने, जसको नाममा औषधी पसल छ । त्यो पसलमा नबसेर अरु नै बसेको पाईयो । अव त्यस्तो भेटिएमा कार्वाही हुनेछ ।’