☰ open Loading... 19 November 2024|  

अर्गानिक खानासहितको होटल बुलबुले भ्यू सञ्चालन
  | ६ कार्तिक २०७५, मंगलवार १७:५१


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अर्गानिक खानासहितको होटल बुलबुले भ्यू सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धन, समृद्धि अर्गानिक खाना र मनोरञ्जन दिने उदेश्यले होटल बुलबुले भ्यू सञ्चालनमा ल्याइएको हो ।

कर्णालीमै उत्पादन भएका रैथाने तथा अर्गानिक खानाका परिकारहरु ग्राहकलाई खुवाउने होटलको उदेश्य भएको सञ्चालक जनकसिंह ठकुरीले जानकारी दिए ।

उनले वीरेन्द्रनगरमा रहेका कतिपय होटलहरुमा मध्यम र न्युन वर्गिय परिवारको पहूँच बाहिर रहेकाले उहाँहरुलाई लक्षित होटल सञ्चालन गरिएको बताए । ‘होटलमा चाइनिज, पञ्जावी, नेपाली खानाका परिकार ग्राहकलाई खुवाउने छौं’ सञ्चालक ठकुरीले भने, ‘शान्त वातावरणमा सबै प्रकारका नागरिकहरुलाई होटल खाना खान सक्ने सेवा प्रवाह गर्नेछौं ।’

कर्णालीकै उत्पादन बासमती, मार्सी चामल, सिस्नु, ढिडो, जडिवुटी चिया ग्राहकका लागि नयाँ स्वाद रहेको उनको भनाई छ । १८ वर्षदेखी होटल क्षेत्रमा अनुभव बटुलेका ठकुरीले साप्ताहिक रुपमा सांगेतिक र मासिक रुपमा गजल साँझ कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

होटलमा पुग्ने ग्राहकले खानासंग मिनरल वाटर फ्रि पाउनेछन् । एसी र ननएसी भएका रुमको शुल्क भने एक हजार दुई सयदेखी तीन हजारसम्म छ ।

होटलमा एसीसहितका १० वटा एटेच कोठाहरु रहेका छन् भने पर्याप्त पार्किङ्गको व्यवस्था, गाडि रिर्जवको व्यवस्था समेत रहेको होटल व्यवस्थापनले जनाएको छ । ३ करोड ८५ लाख रुपैयाँमा लागतमा व्यवस्थापन गरिएको होटलमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २० जनाले रोजगारी पाएका छन् ।