मान्छले जब धर्तीमा पाइला टेक्छ उसको संघर्षको कथा शुरु हुन्छ । बाल्यकालमा आमाबुवाले साथ दिएपनि त्यसपछिको यात्रामा मानव स्वंयमले एक्लै संघर्ष गर्नुपर्छ । ति यात्रामै विचलन भए जिन्दगीले सार्थक लक्ष्य भने चुम्न सक्दैन् । विकन्सफील्डले भनेका छन्, ‘सफलताको जन्मदाता नै, शाहस पनि हो ।’
त्यस्तै शाहस भएका व्यक्तित्व हुन् अग्नी अधिकारी । जिन्दगीको यात्रामा जिउन र केही बन्नकै लागि उनले कयौं पापड पेले । दैलेखको महावु गाउँपालिका बाँसीमा जन्मिए पनि तीन वर्षकै उमेरमा अधिकारी अभिभावकसंगै कैलाली हानिए ।
कैलाली जिल्लाको साविकको नारायणपुर–९ बैदीफाँटामा हुर्केका अधिकारीले जनता प्रावि सुनफाँटामा अक्षर चिने । वीरेन्द्र विद्या मन्दिर माविमा उनले बाँकी ६ सम्मको पढाइ पूरा गरे । उनी पढदै गर्दा उहाँको ठुल्दाई (शीवराज अधिकारी) टिकापुरमा व्यापार गर्थे । दिउँसोको समयमा उनी पढ्न जान्थे । तर साँझ विहानको समयमा भने अग्नी दाजुसँगै धेरथोर व्यापार बारे ज्ञान लिन्थे ।
१५ वर्षमै व्यापार यात्रा
अहिले जस्तो ऊ बेला सडक सञ्जाल थिएन् । सामग्री ओसार पसार गर्ने प्रयाप्त साधन पनि त थिएनन् । नेपाली भूमिमै व्यापार गर्न भारतबाटै सामान ल्याउनु पथ्र्यो । त्यसो त कैलाली भारतसंग सीमाना जोडिएकाले तिकुनियाबाटै सामान ल्याउनु पथ्र्यो ।
उमेरले अधिकारी त्यो बेला १५ वर्षका थिए । व्यापारिक यात्रा शुरु गरेसंगै अधिकारीको पढाईमा ब्रेक लाग्यो । साईकलमै भारतको तिकुनियादेखी सामान ल्याएर उनले लम्की, चिसापानीहुँदै कटासेसम्म विक्री गर्न थाले । किनकी उनको व्यापार कटासेमा पनि थियो । स–परिवार नै संयुक्त रुपमा व्यापारमा होमिएका थिए ।
तीन वर्ष लम्कीमा व्यापार गरेका उनले त्यसपछि चिसापानीमा व्यापार शुरु गरे । चिसापानीमै उनले झण्डै ५ वर्ष व्यापार गरे । तिकुनीयादेखी ल्याएको सामान लडिया (डल्लब) र साइकलमै ओसार्थे अग्नि । ‘जिउनका लागि यो काम बाहेक अन्य विकल्प थिएन्’ विगत सम्झिदै अधिकारी भन्छन्, ‘जीवन संघर्षको मैदान हो । कामप्रति एकाग्रह भए अवश्य सुखका दिन फिर्छन् ।’
विकासले विस्तारै गति लियो । ऊ बेलाको व्यापारिक केन्द्र चिसापानी विकासकै कारण खुम्चिदै गयो । सुर्खेत र दैलेखसम्म विस्तारै मोटरबाटो पुग्ने क्रममा थियो ।
सुदूरपश्चिममा पनि विकासले गति लिएपछि चिसापानीको व्यापार विस्तारै आझेलमा प¥यो । व्यापरिक केन्द्रहरु विस्तारै मोटर बाटोसम्म पुग्न थाले । ऊ बेला बन्डाल जानेहरुले नै चिसापानीबाट सामान ल्याउथे । ति दिनमा विकासकै कारण व्यापार पनि सार्नु पर्ने बाध्यता आयो ।
चिसापानीबाट उनका दाजु व्यापार गर्न सुर्खेतको गुटु हानिए । तर अग्नी भने सिँधै सुर्खेतको वीरेन्द्रनगरतर्फ लागे । ‘व्यापारीक दौडानमा थुप्रै कठिनाई पार गरियो’ अग्नी थप्छन्, ‘व्यापारमा लगाव भएन भने सार्थकता पाउन सकिदैन्, आफ्नो कामप्रति सधै समर्पित भने हुनैपर्छ ।’
दाजु शिवराजले गुटु बजारमा व्यापारको थालनी गरे । उनी (अग्नी) वीरेन्द्रनगमा आएर शनि हल लाइनबाट घ्यूको व्यापार गर्न थाले । पहाडी जिल्लाबाट घ्यू संकलन गरेर नेपालगञ्जदेखी बुटवलसम्म पु¥याउँदै आएका अधिकारीले थोक कारोबार गर्थे ।
पहाडी जिल्लाहरुमा विस्तारै सडक सञ्जालले छोएको थियो । तिनै ठाउँसम्म अधिकारीले ट्याक्टरमा सामान लोड गरेर पठाउँथे । ‘तराईँमा हुञ्जेल साईकल, लडियामा सामान ओसार्नभन्दा ट्याक्टरबाट व्यवसाय सञ्चालनमा विस्तारै सहज भयो’ अधिकारीले थपे, ‘द्वन्द्वले ग्रस्त व्यवसाय विस्तारै द्वन्द्वपछि गति लियो ।’
चार वर्ष शनि हल लाइनमै व्यावसय गरेका अधिकारीले पछि जुम्ला रोडबाट व्यवसायको आरम्भ गरे । नविन सप्लायर्स सञ्चालन गरेका अधिकारीले चाउचाउ, चामल, बंगलादेशी फ्रूट्रीको कारोवार गर्छन् । ‘व्यवसायमा इमान्दारिता हुनुपर्छ’ व्यवसाय बारे सक्षिप्त प्रतिक्रिया दिएका अधिकारीले भने, ‘लेनदेनमा राम्रो भए मात्रै व्यापार राम्रो हुन्छ । तर ग्राहकहरुको चाहना अनुसार काम गर्ने हो भने अवश्य सफल भइन्छ ।’
तिकुनीयाको सामान साइकलमा ओसारेर व्यवसायमा होमिएका अधिकारीले सुर्खेत आएपछि दुई ओटा ट्रक खरिद गरेर व्यवसायको रथ अघि बढाएका छन् । सुर्खेतदेखी मुगुसम्मको बजारमा नविन सप्लायर्सका सामग्री पु¥याउनमा उनी तल्लिन छन् । हचुवाको भरमा व्यवसायिक कारोवार भने गर्नु नहुने अधिकारीका सुझाउँछन् ।
जिन्दगीको आधा यात्रा व्यापारमै सकेका अधिकारीले यहीँ व्यवसायलाई व्यवस्थित बनाउन लागेको सुनाए । ‘अहिलेसम्म यहीँ व्यवसायका कारण यो स्थानसम्म पुगेको छु’ अधिकारी भन्छन्, ‘आफ्नै पौरखबाट शुभारम्भ गरिएको व्यवसायबाट पूर्ण सन्तुष्ट छु । जिन्दगीको आधा पाटो यहीँ व्यवसायमा समर्पित गरेकाले यसलाई अझै व्यवस्थित गरिरहेको छु ।’ ९ जनालाई रोजगारी समेत दिएका अधिकारीले कर्णालीका दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म सामग्री पु¥याउने गरेका छन् ।