☰ open Loading... 1 May 2024|  

सहमति भएपछि कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
  | ११ कार्तिक २०७५, आईतवार ०७:५०

सुर्खेत । प्रतिपक्षी काँग्रेसको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक अाजदेखि सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयमा शनिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो ।

प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा काङ्ग्रेसले चालू आवको वार्षिक कार्यक्रम ९रातो किताब० उपलब्ध नगराएको भन्दै अवरोध गरेको थियो । संसद् बैठक अाज दिउँसो १ बजे बस्नेछ ।

सभामुख राजबहादुर शाहीले अाजको बैठकमा सरकारले संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको बताए ।