पाँचसय शैयाको बनाउने प्रदेश सरकारको प्रतिवद्धता
सुर्खेत । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रादेशीक अस्पतालमा रुपान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रुपान्तरण गएिको प्रादेशीक अस्पतालको मंगलबार उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले प्रादेशीक अस्पतालाई पाँचसय शैयाको बनाउने प्रतिवद्धता जनाए । उनले कर्णाली भौगोलिक रुपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पु¥याउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणा सरकारले अघि सारेको पनि बताए । ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरुलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पु¥याउन आफूहरु लागि परेको उनको भनाई छ ।
प्रादेशीक अस्पतालले झेल्नु परेको समस्याहरुलाई निराकण गर्न सरकार गम्भीर रहेको मुख्यमन्त्री शाहीले उल्लेख गरे । उनले अस्पतालमा प्रवेश गर्ने कर्मचारीले राजनीतिभन्दा सेवाभाव बोकेर जनतालाई प्रभावकारी सेवा दिन निर्देशन दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशका नागरिकहरुलाई प्रभावकारी सेवा दिन प्रदेश सरकारले आवश्यक संरचना र दक्षजनशक्ती थप गर्ने प्रतिवद्धता जनाए । उनीहरुले अस्पतालले झेल्नु परेका समस्याहरुलाई निराकण गर्न सरकार कटिवद्ध रहेको उल्लेख गरे ।
प्रादेशीक अस्पतालका प्रमुख डा. डम्बर खड्काले अस्पतालले कयौं समस्या झेलेपनि यहाँका नागरिकलाई प्रभावकारी सेवा दिन आफूहरु कटिवद्ध रहेको उल्लेख गरे ।
पूर्वाधार विनै २०६२ सालमा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गरिएको हो । संरचना र दक्ष जनशक्तिको अभाव झेल्दै आएको अस्पतालले हाल ११५ शैयाबाट सेवा दिँदै आएको छ ।