☰ open Loading... 20 April 2024|  

तीन जिल्ला हेर्नेगरी सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना
  | १४ कार्तिक २०७५, बुधबार १६:४६

सुर्खेत । कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन जिल्ला हेर्नेगरी सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । जिल्ला समन्वय समितिको परिसरमा रहेको प्राविधिक कार्यालयमा सो कार्यालय बुधबार मन्त्रालयले स्थापना गरेको हो ।


कार्यालयको भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै मन्त्री खत्रीले प्रदेशका सडकहरुको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

उनले कार्याालय स्थापनासंगै जनातालाई विकासको अनुभत गराउन सडक, झोलुङ्गे र मोटरेवल पुल निर्माणमा सहजता हुनेमा बताए । प्रदेशका बाँकी तीन जिल्लाहरुमा कार्यालय स्थापना गर्न मन्त्रालय जुटेको मन्त्री खत्रीले जानकारी दिए ।

बाँकी कार्यालयहरु तिहार लगत्तै स्थापना हुने मन्त्री खत्रीकाे भनाइ छ । सुर्खेत केन्द्र भएको कार्यालयले सल्यान र दैलेख जिल्लाका सडक, झोलुङ्गे र मोटरेवल पुलहरु हेर्नेछ ।

कार्यालय स्थापनासंगै डिभिजनल इन्जिनियर कमल अधिकारीसहित १८ जना कर्मचारीको दरवन्दी कायम भएको छ । कार्यालयमा इन्जिनियर, ६ जना सब– इन्जिनियर, १ जना ल्याब प्राविधिकसहितका कर्मचारी रहेको डिइ अधिकारीले जानकारी दिए ।

मन्त्रालयले रुकुमपश्चिम, जुम्ला र हुम्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने तयारीमा छ । रुकुमपश्चिमले जाजरकोट र डोल्पा, जुम्लाले कालिकोट र मुगु हेर्नेछ ।

बुधबार नै मन्त्रालयले सुर्खेतमै खानेपानी कार्यालयको स्थापना गरेको छ । यी कार्यालयहरु जुम्ला र रुकुम पश्चिममा समेत स्थापना हुनेछन् । यस्तै, मन्त्रालय मातहतमै रहने गरी प्रदेशका सुर्खेत, जुम्ला र जाजरकोटमा भवन कार्यालय स्थापनामा मन्त्रालय जुटेको छ ।