Loading... 6 November 2018|   मङ्लबार, कार्तिक २०, २०७५

वीरेद्रनगरमा एकलाख ४२ हजार नगदसहित जुवाडे पक्राउ

  |

सुर्खेत । सुर्खेत प्रहरीले जुवाखालबाट चार जना जुवाडे पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ बुद्धपथबाट एक लाख नगदसहित शुक्रबार दिउँसाे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा लेकवेशी नगरपालिका स्थायी ठेगाना भई हाल वीरेन्द्रनगर–६ बस्ने यम ढकाल, वीरेन्द्रनगर–११ चनौटेका गगन विष्ट, वीरेन्द्रनगर–११ पिपिरा बस्ने गणेश पौडेल र वीरेन्द्रनगर–४ बस्ने विशाल हमाल रहेको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरमा सई तेजबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट प्रहरीले १ लाख ४२ हजार ६ सय रुपैयाँ बरामद गरेको छ । जुवाखालबाट जुवा खेलिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको सई खड्काले बताए ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १६, २०७५     3:10:27 PM
error: Content is protected !!