☰ open Loading... 26 February 2025|  

कर्णाली सरकारको चियापानमा मार्सीको खिर स्वाद
  | १६ कार्तिक २०७५, शुक्रबार १९:०९

सुर्खेत । सूर्यका किरण डाडाँमा पहेला थिए । गोधुँली साँझले रातको आगवनलाई स्वागत गर्ने सुरमै थियो । वीरेन्द्रनगरस्थित प्रदेश सभा परिसरमा सिंगारिएको टेन्टमुनी पुग्ने अथितिहरु बाग्लिदै थिए । कर्णाली प्रदेश सरकारसंगै नागरिक समाजदेखी सरकारी निकायका उच्च अधिकारीहरु प्रदेश सभा परिसरमा पुग्ने हताराेमा थिए ।


कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विधिवत रुपमा कार्यक्रमको सञ्चालन गर्दै भने, ‘चियापान समारोहमा सरिक हुनुहुने सम्र्पण व्यक्तित्वहरुलाई प्रदेश सभा हार्दिक स्वागत गर्दछ ।’ प्रशंग कर्णाली प्रदेश सरकार शुक्रबार साँझ आयोजना गरेको तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा चियापान समारोहको हो ।


मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आयोजना गरेको चियापन कार्यक्रममा सहभागीले जुम्लामा फल्ने मार्सी चामलको खिरको स्वद लिएर शुभकामना आदनप्रदान गरे ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका जनतालाई सुखी र खुसी बनाउन सरकार लागेकोले सबैले हातेमालो गर्न अपिल गरे । प्रदेशमा विकासको मुल फुटाएर सुखी प्रदेश र धनी प्रदेश बनाउने अभियान सहभागी भैदिन मुख्यमन्त्रीको आग्रह थियो ।

हेरौं कर्णाली सरकारले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमका तस्वीरहरु । तस्वीर सुशील खड्का