☰ open Loading... 19 April 2024|  

गरिवीको अन्त्य गर्न सहकारी आवश्यक ः मन्त्री केसी
  | १७ कार्तिक २०७५, शनिबार १८:५८

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीको माध्यामवाट कर्णालीको गरिवी अन्त्य गरिने बताएकी छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सिद्धार्थ सहकारी संस्थाको १७ औ साधारण सभाको उदघाटन कार्यक्रममा मन्त्री केसीले कर्णालीको गरिवी सहकारीका माध्यामवाट अन्त्य गरिने वताएकी हुन् ।


कर्णालीको गरिवी अन्त्य गर्न सरकारले नमुनाका रुपमा एक जिल्लाको एक स्थानिय तहमा सहकारी नमुना गाँउ निमार्ण गर्न रु १० करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिइन । सहकारीका माध्यामवाट कर्णालीको समृद्धी सम्भव रहेकोले कर्णालीका सहकारीहरुले गरिवी अन्त्यका लागी ग्रामिण इलाकामा रोजगारमुलक कार्यक्रम संचालन गर्नुपर्ने धारणा राखिन ।

उनले भनिन कर्णालीको गरिवी हटाउन सहकारी अभियान संचालन गर्नुपर्छ,सहकारीको जगमा कर्णालीको आर्थीक रुपान्तरणको वाटो अगाडी वढछ् । समाजमा काम गर्नेलाई प्रोत्साहन नहुने भएकोले कर्णाली प्रदेश सरकारले अव देखि किसानलाई प्रोत्साहन गर्न उत्पादक नायक र नायिका घोषणा गरिने वताइन ।

किसानलाई हौसला प्रदान गर्न उनिहरुले गरेको उत्पादनका आधारमा प्रोत्साहन अनुदानको ब्यवस्था गरिएको मन्त्री केसीले जानकारी दिइन । कर्णाली प्रदेश अर्गानिक प्रदेश वनाउन आधार निमार्णको लागी किसानलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गरिने केसीको भनाई छ ।

श्रमलाई सम्मान गर्ने सस्कारको विकास गर्नुपर्ने भएकोले अवदेखि सरकारले यस्तो कार्यक्रम ल्याएको मन्त्री केसीले जानकारी दिइन । कार्यक्रममा वोल्दै मन्त्री केसीले कर्णालीका सहकारीहरुले आर्थिक, सामजिक विकासका लागी सहकारी अभियान संचालन गरि जनचेतनामुलक कार्यक्रम अगाडी वढाउनुपर्ने उनको धारणा छ ।