☰ open Loading... 20 April 2024|  

जनताका गुनासा सुन्न गाउँ पुगे सांसद
  | १७ कार्तिक २०७५, शनिबार १८:०३

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर–१ का सांसदहरुले विकास निर्माण बारे मतदाताहरुसँग छलफल गरेका छन् । जनताका चाहाना अनुसार ग्रामिण क्षेत्रमा विकास गर्ने रणनीति अनुसार सांसदहरुले निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट र शुभकामना आदान–प्रदान कार्यक्रम तीव्र पारेका हुन् ।


निर्वाचित भएपछि जनतासँग प्रतिनीधि र प्रदेश सभा सदस्यहरुले भेटघाट कार्यक्रम गरेका हुन् । शुक्रबार गुरासँ गाउँपालिकाको पातिकाल्नामा कार्यक्रम गरेका सांसदहरुले शनिबार गाउँपालिका–८ धरमपोखराका जनतासँग विकास बारे छलफल गरिएको छ ।

प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, पार्वति विसुन्के र प्रदेश सभा सदस्य धर्मराज रेग्मीले जनताहरुसँग विकास बारे छलफल गरेका छन् । सांसदहरुले जनताका आवश्यकताबारे प्रतिक्रिया लिएका थिए ।

प्रदेश सभा सदस्य रेग्मीले संघीयता कार्यान्वयनको पहिलो चरणमा भएकाले निर्वाचित भएपछि सरकार गठन, कानून निर्माणलगायतका महत्वपूर्ण कार्यहरु भएको बताए ।

उनले आवश्यक संयन्त्र अभावका कारण प्रदेश सरकारले बजेट खर्चिन नसकेको बताए । ‘जनताका आवश्यकता र कर्णाली प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ’ उनले भने,‘बजेट कार्यान्वयनका लागि प्रदेशमा आवश्यक कर्मचारी नहुँदा चुनौती बनेको छ ।’

उनले दैलेख निर्वाचन क्षेत्र नम्बर एकमा महत्वपूर्ण आयोजना निर्माणका लागि बजेट विनियोजन प्रदेशबाट भएको बताए । जनताका आवश्यकलाई मध्येनजर गरि सरकारले बजेट वितरण गरेको भन्दै उनले लगतै कार्यान्वयनको तयारी थालिएको बताए ।
सोही अवसरमा विजया दशमी, दिपावली र छठका अवसरमा शुभकामना आदान –प्रदान गरिएको थियो ।