चामुण्डा (दैलेख ) । मुलुकमा समाजवाद ल्याउनका लागि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने दैलेख निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले बताएका छन । आईतबार चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५ को देउती कृषि तथा बहुद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभाको उद्घाटन गर्दै यस्तो बताएका हुन ।
‘संविधानले समाजवादको परिकल्पना गरेको छ ।’ ‘समाजवाद ल्याउनका लागि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।’ मानिसको शरिरलाई पुर्णता दिनका लागि जीवकोषले महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ ।, ‘सहकारी समाजवादको एक महत्वपुर्ण जीवकोष हो’ उनले भने ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका बुढाले मुलुकलाई समृद्धि बनाउनका लागि कृषि उत्पादनमा सबै जोडिनु पर्नेमा जोड दिए । ‘जबसम्म उत्पादनमा जोडिदैनौ, ‘तबसम्म समृद्धि हासिल गर्न सकिदैन’ उनले भने, ‘उत्पादनमा जोडिएनौ भने आफुसंगै भावी पुस्ताहरुले समेत दुःख पाउने छन् । भावी पुस्तालई दुःख नदिनका लागि सबै उत्पादनमा जाेडिन अाग्रह गर्दछु ।’
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाहीले समृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । ‘एकता विना कुनैपनि काम गर्न सकिदैन, ‘समृद्धि हासिल गर्नका लागि सबै एकजुट हुनुपर्छ ।’ ‘अर्काका कुरा काटेर समय वर्वाद नगर्नुहोस, ‘फुसदको समयमा खेतबारी सामुहिक रुपमा खेती गर्नुहोस’ उनले भने ।
साथै नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि सहकारीसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला विकास समितिका पुर्व उप–सभापति तथा नेपाल कम्युनिष्ट पार्टीका नेता सुर्यबहादुर शाहीले कृषिमा आत्मनिर्भर बनाउनका लागि परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
कृषिमा आत्मनिर्भर बनाउनका लागि व्यवसायी कृषि खेती गर्नुपर्ने उनको भनाई छ । दुइ चार बोट लसुन, चार बोट प्याज लगाएर कृषिमा आत्मनिर्भर बन्न नसकिने उनकाे भनाइ थियाे ।
नगरपालिकालाई कृषिमा अर्गानिक बनाउने लक्ष्य रहेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले बताईन । देउती कृषि तथा बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हस्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष नारायण प्रसाद रेग्मी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।