☰ open Loading... 19 April 2024|  

डोल्पामा जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु
  | १९ कार्तिक २०७५, सोमबार १६:०७

डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिए ।

दुई जनाको जिवितै उद्दार गरिएको छ । उनीहरुको दुनै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए ।