☰ open Loading... 20 April 2024|  

७७ जुवाडेबाट दशलाख नगद बरामद
  | २५ कार्तिक २०७५, आईतवार १९:४०

सुर्खेत । सुर्खेत जिल्ला अदालतबाट सजाय फैसला भएका फरार एक प्रतिवादी पक्राउ परेका छन् । लेकवेशी नगरपालिका ३ दशरथपुरका दलबहादुर रोकाय आइतबार पक्राउ परेका हुन् ।

जवरजस्ती करणी मुद्दामा ४ बर्ष ११ दिन महिना ५ दिन फैसला सुनाएका रोकायलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालाय सुर्खेतले जानकारी दिएको छ । रोकायलाई घरमै लकि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले पक्राउ गरेको हो ।

यता, दशैं तिहारमा जुवातास खेलिरहेका अवस्थामा ७७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ । सुर्खेतका विभिन्न ११ ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको पनि प्रहरीको भनाई छ ।

उनीहरुबाट प्रहरीले १० लाख ५१ हजार ९७८ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका माथ िथप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।