काठमाडाैं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनीकेशन्स प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । द एशियन ओसिनियन कम्प्युटिङ अर्गनाइजेसनले टोकियो, जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्ड लिंक कम्युनिकेशन्स प्रालि सम्मानित भएको हो ।
संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डद्धारा वल्र्डलिंकलाई सम्मानित गरेको कम्पनीले जनाएको छ । उक्त अवार्डबाट सम्मानित हुने वल्र्डलिंक नेपालबाट पहिलो कम्पनी बनेको जारी विज्ञप्तिमा उल्लेख छ ।
जापानको राजधानी टोकियोमा नोभेम्बर ८ मा आयोजित अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वल्र्ड लिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे
कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा उनिहरुका प्रतिनिधि सहभागी थिए । नेपाली इन्टरनेट बजारमा वल्र्डलिंकले पुर्याएको योगदान, कम्पनीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय स्तरको पुर्वाधारलाई प्रयोगमा ल्याएको भन्दै उक्त अवार्ड प्राप्त गरेको कम्पनी बताउँछ ।
असोसिओले आफैंले आन्तरिक रुपमा मूल्यांकन गरेर वल्र्डलिंकलाई उक्त अवार्ड प्रदान गरेको हो । असोेसीओ सुचनाप्रविधिसंग सम्बन्धित संस्था हो ।
यसमाएशिया प्याशिफिकबाट सुचनाप्रविधिमा संलग्न रहेका २४ भन्दा बढी संघको प्रतिनिधि रहेका छन् । सन् १९९४ मा जापानको टोकीयोमा स्थापित यो संस्था सुचाना प्रविधिको क्षेत्रमा सबै भन्दा बढी सम्मानित र क्रियाशिल संस्थाको रुपमा स्थापित भईसकेको छ ।