सुर्खेत । प्रधानसेनापति छैंठौं अन्तर्राष्टिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागी हुन कर्णाली प्रदेशको टोली आज काठमाण्डौं प्रस्थान गरेको छ ।
२० सदस्यीय टोलीलाई आज एक कार्यक्रमका वीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, फुटबल संघका अध्यक्ष जनक रावललगायतले जीतको शुभकामनासहित विदाई गर्नु भएको हो ।
टोलीमा सुर्खेत दैलेख, कालिकोट र जुम्लाका गरी १८ जना खेलाडी र ३ जना अफिसियल रहेका छन । कार्यक्रमका अध्यक्ष गिरीले कर्णाली प्रदेशको प्रतिष्ठा र प्रतिभालाई राष्टियस्तरमा चिनाउँदै उपाधिसहित आउन शुभकामना दिनुभयो ।
यस्तै फुटबल संघका अध्यक्ष रावलले यो प्रतियोगिता चुनौति मात्र नभई अवसर पनि भएकाले अनुशासित र मर्यादित भएर खेलभावना आत्मसाथ गरी आप्mनो क्षमता प्रदर्शन गर्न सुझाव दिनुभयो ।
संघका महासचिव गणेशकुमार कार्कीले आफू कुन जिल्लाका लागि खेल्दै छु भन्ने बिर्सिएर सिंगो कर्णाली प्रदेशको प्रतिनिधित्व गरी आप्mनो पहिचान स्थापित गराउन शुभकामना दिनुभयो ।
भुटानमा हालैसम्पन्न सम्पन्न १८ वर्षमुनीको महिला साफ फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका सदस्य सिर्जना सिंह र सम्झना शाही पनि यो टोलीमा रहेका छन ।
कर्णाली प्रदेशको महिला फुटबल टोलीले आफ्नो पहिलो खेल ६ गते नेपाल प्रहरीको विभागीय टोलीसंग खेल्ने छ । मंसिर ५ गतेदेखि १२ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने प्रतियोगितामा ३ वटा विभागीय, दुई वटा भारतीय र ७ वटा प्रदेशका गरी १२ वटा टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले उपाधिसंगै नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुइ टोलीले एक एक लाख रुपैयाँ पुरस्कार पाउने बताइएको छ ।