दैलेख । दैलेखको भैरबी गाउँपालिकामा मोबाईल एपको सुभारम्भ गरीएको छ । नेपाल सरकार सुचना तथा प्रबीधि मन्त्रालयअन्तर्गत सुचना प्रबिधी बिभाग र स्थानीय शासन तथा सामुदायीक बिभाग कार्यक्रमअन्तर्गतको प्रादेशिक सहयोग ईकाइ सुर्खेत को सहयोगमा सुचना तथा प्रविधिलाई सहजीकरण गर्नको लागी गाउँपालिकामा मोबाईल एप्सको प्रयोग गरीएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले एप्सको उद्घाटन तथा सार्वजनीक गर्दै ग्रामीण क्षेत्रमा पनि सुचना तथा संचार प्रबिधि सबैको हक र अधिकार सुनिश्चीत गर्ने उदेश्यले मोबाईल एप्सको प्रयोग गरीएको बताए ।
मोबाईल एप्स डाउनलोड गर्नको लागी आफ्नो मोबाईलको प्ले स्टोरमा गई BhairabiRural Municipality टाईप गरी एपलाई डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।
यस एपबाट गाउँपालिकाबाट प्राप्तहुने सम्पुर्ण सेवाहरु, कार्यक्रम तथा परियोजनाहरु, ऐन कानुनहरु, बडा बिबरण, महत्वपुर्ण स्थानहरुको जानकारी लिनुको साथै आफ्नो सुझाब,गुनासो र समस्यालाई समावेश गर्न सक्नुहुनेछ ।