☰ open Loading... 16 April 2024|  

क्लिन सिटी अभियान शुरु
  | ९ मंसिर २०७५, आईतवार १०:२९

दैलेख । “जब सफा हुन्छ दैलेख जब अघि बढ्छ दैलेख”भन्ने नारा सहित Clean City of Dailekh अभियान शुरु भएकाे छ । दैलेख सदरमुकाममा नारायण नगर पालिकाकानगर प्रमुख रत्नबहादुर खड्काले बृहत सरसफाई अभियानको थालनी गरेका हुन ।

सरसफाई अभियान अन्तरगत प्रत्येक शुक्रबार बिभिन्न स्थानमा सरसफाई गर्ने योजना रहेको दैलेख उद्याेग बाणिज्य स‌ंघका महासचिव राजेशकुमार हमालले जानकारी दिए ।

समुहगत रुपमा सरसफाईमा अभिप्रेरित हुनेगरी सदरमुकामबजारका व्यवसाय तथा घर धनीहरुलाई भेला गराएर आफ्नो क्षेत्रमा सरसफाई तथा फोहर जन्य बस्तुहरुको बिसर्जन कसरी गर्ने भन्ने जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिने उनको भनाई छ ।

अभियानमा जिल्लािस्थित सुरक्षा निकाय, राजनैतिक दल, सरकारी तथा गैह्रसरकारी सँस्थाहरु, स्थानियबासिन्दा र द्योगी व्यापारीहरुले सहयाेग गर्ने बताएका छन् ।