☰ open Loading... 29 March 2024|  

मप विश्वविद्यालयमा लागेको ताला फोडियो
  | २३ मंसिर २०७५, आईतवार १५:४४

सुशील खड्का
सुर्खेत, २३ मंसिर ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला फोडिएको छ । नेपाल विद्यार्थी युनियन लगायतका विद्यार्थीहरुले माग राख्दै लगाएको ताला आईतबार नेकपा सम्वद्ध विद्यार्थीहरुले फोडेको हुन् ।

याे पनि पढ्नुहाेस् : मप विश्वविद्यालयमा दुई थरी नारा


वीरेन्द्रनगर–६ कुइनेपानीस्थित रहेको केन्द्रीय कार्यालयमा रहेका उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय, पाँच ओटा डिनका कार्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति र मुल गेटको ताला विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीहरुले संयुक्त रुपमा फोडेका छन् । उनीहरुले विश्वविद्यालयको शैक्षिक भवनको गेटमा पनि लगाएको ताला फोडेका छन् ।

गत असोज ९ गते स्वतन्त्र विद्यार्थी युनियनसहित नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैटौं र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघले केन्द्रीय कार्यालयमा ताला लगाएका थिए ।

नेविसंघले भने विद्यार्थीको माग पूरा नगरेरै ताला फाड्नु गलत भएको टिप्पणि गरेको छ । विश्वविद्यालयले भने अनिर्णयको बन्दीमा विश्वविद्यालय रहन नसक्ने भन्दै दैनिक कार्य सम्पादनलाई सहज बनाउन ताला फोडेको प्रतिक्रिया दिएको छ । विश्वविद्यालयले जयज मागलाई सम्बोधन गर्न सधै छलफल र वार्ताको ढोका खुल्ला रहेको जनाएको छ ।