☰ open Loading... 25 November 2024|  

वीरेन्द्रनगरमा ‘टिपटप लण्ड्री हाउस’, यी सेवा लिन सकिन्छ
  | २६ मंसिर २०७५, बुधबार १५:१०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आधुनिक प्रविधियुक्त ‘टिपटप लण्ड्री एण्ड ड्राइक्लिन हाउस’ सञ्चालनमा आएको छ । झन्डै २० लाख लगानीमा वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चाललमा ल्याइएको लण्ड्रीको आज (बुधबार) कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वतावरण मन्त्री नन्दसिह बुढाले उद्घाटन गरेका हुन् ।

कर्णाली प्रदेशमै पहिलो अत्याधुनिक प्रविधियुक्त टिपटप लण्ड्री एण्ड ड्राइक्लीन हाउसमा अस्पताल, होटल, होस्टेल र क्वाटरका सबै प्रकारका कपडा धुलाई, ड्राइक्लिन, कलरका साथै स्टिम आइरनको सेवा लिन सकिनेछ ।

सञ्चालकका अनुसार कोट, पाइन्ट, सर्ट, सुट, ज्याकेट, लेदर ज्याकेट, तन्ना, कुर्थासलवार, बलाङ्केट, गलैंचा, सोफाकभर, सिटकभर, पर्दा तथा जिन्स र अन्य सबै खाले कपडा धुने सेवा यहाँबाट पाइनेछ । साथै यहाँ यस्ता कपडाहरूमा सस्तो मूल्यमा रङ लगाउने, रफ गर्ने तथा आइरन पनि गर्न सकिन्छ । कपडाहरू ड्राइक्लिन गरेको २० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने सञ्चालकको भनाइ छ ।

लण्ड्री हाउस सञ्चालनमा आएसँगै ७ जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । केही दिनभित्रै वीरेन्द्रनगर– ६ बुद्धपथमा कपडा संकलन तथा वितरणका लागि काउण्टर खोलिने बताइएको छ । उक्त लण्ड्री एण्ड ड्राइक्लिन हाउसले अस्पताल, होस्टेल र होटलका लागि निःशुल्क (फ्रि) डेलभरी सेवा दिनेछ ।