☰ open Loading... 25 November 2024|  

सुर्खेतका वस्तुगत समितिले रावतको पक्षमा समर्थन जनाए
  | २६ मंसिर २०७५, बुधबार १५:२८

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगत समितिहरुले धनबहादुर रावतको प्यानललाई समर्थन गरेका छन् । संघ अन्तरगत रहेका १७ ओटा वस्तुगत समितिहरुमध्य १३ ओटाले रावतको प्यानललाई मतदान गर्नेभन्दै समर्थन जनाएका हुन् ।


यहीँ मंसिर २९ गते हुन लागेको संघको निर्वाचनमा अध्यक्षको उम्मेदवारमा धनबहादुर रावत र प्रकाश उप्रेती चुनावी मैदानमा छन् । तर बस्तुगत समितिका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै रावतलाई समर्थन गर्ने र सम्पूर्ण समिति मातहतका व्यापारीहरुलाई मतदान गर्न आग्रह गरेका छन् । समितिका अध्यक्षहरुद्वारा जारी विज्ञप्तीमा रावत पक्षको प्यानललाई जिताउन एकवद्ध भएर लाग्ने उद्घोष गरेका छन् ।