☰ open Loading... 25 April 2024|  

२२ पदका लागि ४३ जनाको उम्मेदवारी
  | २६ मंसिर २०७५, बुधबार १९:४१

सुशील खड्का
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा होमिएको छ । यहीँ मंसिर २९ गते हुने संघको नयाँ नेतृत्वका लागि बुधबार लोकतान्त्रिक र संयुक्त उद्योगी–व्यवसायीको प्यानलले मनोनयन दर्ता गरेर चुनावी मैदानमा होमिएका हुन् ।

२२ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । बुधवार उम्मेदवारी मनोनयनको अवधिमा धनबहादुर रावतको प्यानल र प्रकाश उप्रेतीको प्यानलबाट गरी ४३ जनाको उम्मेदवारी परेको छ । तर उम्मेदवारहरुको अन्तिम नामावली भने विहीबार अपरान्ह ५ बजे प्रकाशन गरिने निर्वाचन अधिकृत उत्तम आचार्यले जानकारी दिए ।

रावतको लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा धनबहादुर रावत, बरिष्ठ उपाध्यक्षमा बासुदेव शर्मा, बाणिज्य उपाध्यक्षमा दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा हरि विष्ट, महिला उपाध्यक्षमा कृष्णाकुमार थापा, महासचिवमा लक्ष्मण कँडेल, सचिवमा रामप्रसाद पाण्डे र कोषाध्यक्षमा भद्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सदस्यहरुमा जनकबहादुर थापा, प्रेमप्रसाद पाण्डे, रमेश बराल, रामप्रसाद जैसी (राजु पाण्डे), दीपक खड्का, अक्कलबहादुर शाही, कर्णबहादुर शाही, हविव हुसेन, प्रेमबहादुर थापा, कपिलमणि सुवेदी, भीमप्रसाद पौडेल, विन्द्रप्रसाद जैसी (विशाल), रोजिना कार्की र यामुना सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

यता, संयुक्त उद्योगी व्यवसायी समूहको प्यानलबाट प्यानलबाट अध्यक्षमा प्रकाश उप्रेती, बरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का, बाणिज्य उपाध्यक्षमा प्रवल शाही, उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत, महिला उपाध्यक्षमा बसन्तीकुमारी बस्नेत (एकता), महासचिवमा कलाधर उपाध्यक्ष (केदार), सचिवमा शिवराज अधिकारी र कोषाध्यक्षमा गोविन्द पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

सदस्यहरुमा प्रेमबहादुर रावत, कृष्णप्रसाद सुवेदी, प्रकाशचन्द थापा, ऐवानबहादुर बुढा, लक्ष्मी कार्की (सिया प्रधान), टिकाकुमारी कँडेल, रेशमप्रसाद ढकाल, मदनबहादुर थापा, रामबहादुर गौतम, सिंहराज बम, तेजप्रसाद तिवारी, हरिकुमार श्रेष्ठ र लक्ष्मण खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । धनबहादुर रावतको लोकतान्त्रिक प्यानललाई कांग्रेसको समर्थन छ भने प्रकाश उप्रेतीको संयुक्त उद्योगी व्यवसायी समूह प्यानललाई कांग्रेस र नेकपाको समर्थन छ ।