☰ open Loading... 25 November 2024|  

तेक्वान्दोको रेफ्रि रिफ्रेस कोर्ष शुरु
  | २६ मंसिर २०७५, बुधबार १९:२७

सुर्खेत । नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले सुर्खेतमा चार दिने रेफ्रि रिफ्रेस कोर्श आयोजना गरेको छ । तेक्वान्दो र पुम्से विधामा सक्रिय कर्णालीका प्रशिक्षकहरुलाई बाँकेमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सामेल गराउने गरी सेमिनार आयोजना गरिएको हो ।

तेक्वान्दोमा सक्रिय पुराना रेफ्रीलाई पुनर्ताजकी गराउने र नयाँ प्रशिक्षकहरुलाई नयाँ नियमबारे जानकारी गराउने उदेश्यले सेमिनार आयोजना गरिएको तेक्वान्दो संघ सुर्खेतका अध्यक्ष एवम् भुवन थापाले जानकारी दिए ।

कर्णाली प्रदेशमा खेलकुदको सम्भावन उच्च रहेको उल्लेख गर्दै प्रदेश सरकारले खेलका लागि उचित बजेट विनियोजन गर्नुपर्ने भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताइन् ।

केही समय अघि भारतको देहरादुनमा सम्पन्न छैटौँ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ६ स्वर्णसहित १ कास्य पदक प्राप्त खेलाडीहरुलाई सेमिनारका अवशरमा सम्मान गरिएको तेक्वान्दो संघकी केन्द्रिय सदस्य एवम् महिला विभाग अध्यक्ष नन्दा वस्यालले जानकारी दिइन् ।