☰ open Loading... 19 April 2024|  

संघलाई सबैको साझा थलो बनाउँछु : उप्रेती
  | २६ मंसिर २०७५, बुधबार १९:३९

सुर्खेत । संयुक्त उद्योगी व्यवसायी समूह प्यानलबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश उप्रेतीले आफूले जिते सुर्खेत उद्योग बाणिज्य संघलाई सवैको साझा थलो बनाउने प्रतिक्रिया दिएका छन् ।

वीरेन्द्रनगरमा बुधबार साँझ पत्रकार सम्मेलनमा बोल्दै उनले सुर्खेतको व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्ने बताए ।

सार्वजनिक नीजि साझेदारी नीतिलाई प्रभावकारी रुपमा अंगिकार गर्ने, प्रोजेक्ट प्रोफाइललाई परिमार्जित गरेर लगानी सम्मेलनको आयोजना गर्ने, चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्न सम्वन्धित निकायलाई दवाव दिने र वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा विद्युत डेडिकेटर फिडरलाइनको व्यवस्था गर्ने प्रतिवद्धता उप्रेतीको छ ।

उनले अटो भिलेज स्थापनादेखी अर्गानिक कृषि उद्यम र उद्यमशिलतालाई उच्च महत्वका साथ अघि बढाउने प्रतिवद्धता समेत जनाए ।