☰ open Loading... 26 November 2024|  

‘संघलाई सबैको साझा बनाउँछु’
  | २ पुष २०७५, सोमबार १९:५४

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघलाई सबैको साझा थलो बनाएर बाहिरिएका व्यापारीहरुलाई गोलबद्ध गराउने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतले जनाएका छन् । पश्चिमनेपालकर्मीसंग कुरा गर्दै रावतले विगतभन्दा सबै व्यापारिहरुलाई गोलबद्ध गराएर अघि बढाउन प्रयत्नशील रहने प्रतिवद्धता जनाएका हुन् ।

याे पनि पढ्नुहाेस् : सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा रावत विजयी


‘व्यापारिक क्षेत्रमै लामो अनुभव रहेकाले असन्तुष्ट व्यापारीहरुका माग सम्बोन्धन गरेर संघलाई साझा थलोको बनाउने छु’ रावतले भने, ‘प्रदेश राजधानीको उद्योग र व्यापारलाई गर्व गर्न लायक बनाउने अभियान सञ्चालन गर्नेछु ।’

व्यापारीहरुको हकहितका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसंग समन्वय गरेर अघि बढ्ने उनले बताए । संघमा १५ ओटा बस्तुगत समितिलाई ३० पु¥याउने जानकारी दिएका रावतले व्यापार क्षेत्रका विज्ञहरुबाट सुझाव लिएर जिल्लाभरका आम व्यापारीहरुलाई समेट्ने उल्लेख गरे ।

व्यापार व्यावसाय क्षेत्रको साधन स्रोतको उच्चतम प्रयोग र व्यापारीहरुका समस्याहरुलाई समाधान गरेर अघि बढ्ने नीति अवलम्बन गर्ने रावतको भनाई छ । उनले एक प्रदेश एक औद्योगिक क्षेत्र स्थापनामा संघले सघाउने जानकारी दिए ।