सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले दाङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । वनस्पतिसम्बन्धी प्रयोगात्मक अभ्यासका लागि सल्यान पुगेर फर्कदै गरेको बस दुर्घटनामा २३ जनाको मृत्युको घटनाले स्तव्ध बनाएको जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रदेश प्रमुखको नीजि सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्यूटका वनविज्ञान विषयमा अध्ययनरत विद्यार्थीलाई सवार दाङको आम्रीमा भएको दुर्घटनामा मृत्यु भएको खबरले आफू अत्यन्त दुखित भएको छ ।’
दुर्घटनामा मृत्यु भएका विद्यार्थीको मृतआत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समवेदना ब्यक्त समेत गरेका छन् । मृतकका परिवार तथा आफन्तहरुलाई यसदुखद घडीमा धैर्यधारण गर्नेशक्ति इश्वरले प्रदान गरुन भन्ने कामना गर्दै दुर्घटनामा परि घाइते भएका विद्यार्थी शिक्षक तथा अन्य ब्यक्तिको सिघ्र स्वास्थ्य लाभको कामना प्रदेश प्रमुख खनालले गरेका छन् ।