☰ open Loading... 29 September 2025|  

कालिकाेटकाे न्यौपाने बस्तीमा भिषण अागलागी ८७ घर जलेर खरानी
  | ९ पुष २०७५, सोमबार १२:२५

सुर्खेत । कालिकोट जिल्लाको पलाता गाउँपालीकाको १ खाँडा गाउँमा आईतबार रातीबाट भिषण आगलागि भएको छ । आगलागिबाट स्थानीयहरु विस्थापीत भएका छन् । मध्यराता आगलागी भए पनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । प्रारम्भिक विवरण अनुसार आगलागीबाट १६ जना घाइते भएका छन् ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खाडागाउँको न्यौपाने बस्तीका ८७ घर जलेर नष्ट भएको बताए । उनका अनुसार हावा चलेको कारणले आगलागी भएको गाउँ सोमबार दिउसो मात्रै नियन्त्रणमा ल्याइएको छ ।

स्थानीय नविन न्यौपानेको घरबाट आगलागी सुरु भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । खाँडागाउँका सबै घर खरको छानाले बनाएका थिए । खाँडामा पानीको पनि निकै समस्या रहेको छ ।

आगो नियन्त्रण गर्ने पानी भन्दा पनि पिउने पानी समेत नपाइने गाउँको रुपमा लिन सकिन्छ । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालीकाको जारकोटबाट प्रहरी उद्धारका लागि घटना भएको गाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएसपी देवेन्द्र मल्लले बताए । मध्यराति दुइ बजेतिर खवर पाएपछि प्रहरीको टोली खटिएको हो ।

प्रहरीलाई घटना स्थलतर्फ पुग्न करिव ५ घण्टाको समय लागेको थियो र सञ्चार सम्पर्क हुन नसकेका कारण घटनाको थप बिवरण प्राप्त गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

जिल्ला सदरमुकाम मान्मबाट करिव ३२ कोषको दुरीमा खाँडा गाउँ रहेको छ । सदरमुकामबाट उद्धारका लागि शसस्त्र प्रहरी समेत घटनास्थलतर्फ पुगेको थियो ।

खरको छाना त्यसैमा हिउँदे सिजनको सुक्खा ठाउँ भएकाले पनि आगो नियन्त्रमा कठिनाई भएको प्रहरीको भनाई छ । ‘आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरी घाइतेहरुको उपचार भइरहेको छ’, वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीले भने, ‘पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकीका प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।’

आगलागीबाट बस्ती खरानी भएको छ भने १९ गाईगोरु र दुई भैसीँ जलेका छन् । आगलागी पीडितको राहतका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने वडाध्यक्ष भण्डारीले बताए ।

उनका अनुसार खाँडामा १६९ घर छन् । सबै घरका अधिकांश युवा रोजगारीका लागि कालापहाड गएका कारण गाउँमा आगो नियन्त्रणका लागि खटिने जनशक्तिको नहुँदा धेरै क्षती भएको उनको भनाई छ । गाउँमा महिला र वृद्धवृद्धा केटाकेटी मात्र छन् ।