☰ open Loading... 28 September 2025|  

किन बुझायाे लेखा समुह दैलेखले प्रधानमन्त्रीलाई ध्यानाकषर्ण पत्र ?
  | १६ पुष २०७५, सोमबार १८:१६

दैलेख । लेखा समुह दैलेखले प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद वास्कोटाद्धारा प्रधानमन्त्रीलाई ध्यानआकषर्ण पत्र बुझाएको छ । हाल लेखा समुहले महालेखा नियन्त्रक कार्यलय मातहत रहि प्रदेश र स्थानिय तहमा निरन्तर आर्थिक प्रशासनको सेवा प्रवाह गरिरहेको छ ।

कर्मचारी समायोजन अध्यादेश,०७५ मा भएका बिभेदकारी प्राबधान हटाइ समग्र निजामती कर्मचारीहरूको सम्मानजनक समायोजन हुने बाताबरण अबिलम्ब तयार गर्न र लेखा समुहलाई एकीकृत सेवाको रूपमा संघ मार्फत सञ्चालन हुने व्यस्था गर्ने माग सहित चरणबद्ध संघर्षका कार्यक्रम सहितको ध्यानाकर्षण पत्र लेखा समूह दैलेखले बुझाएको हो ।

ध्यानआकषर्णपत्र बुझदै प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद वास्कोटाले लेखा समुह दैलेखले राखेको जायज माग प्रधानमन्त्री समक्ष बुझाउने बताउनु भएको थियो । सरकारले ल्याएको कर्मचारी समायोजन सम्बन्धी अध्यादेश विरोधी समेत भएको लेखा समुहको आरोप थियो ।

समायोजन सम्बन्धी अध्यादेशको विरोध गर्दै उनीहरुले भोली पौष १६ गते सोमबार दिनभर हातमा कालो पट्टि बाधिँ काम गर्ने, पौष गते १७ मंगलवार विहान १० बजेदेखि १२ बजेसम्म कामकाज ठप्प ,कोष तथा लेखा नियन्त्रक कार्यलयमा धर्ना दिने ,पौष १८ गते बुधबार देखि सम्पूर्ण आर्थिक प्रशासन सम्बन्धि काम काज ठप्प अनिचितका लागी बन्द गर्ने लेखा समुह दैलेखले जानकारी दिएको छ ।