सुर्खेत । तेस्रो जाजरकोट महोत्सवको अवसरमा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सुर्खेतस्थित चुली युवा क्लबले हात पारेको छ । उपाधिसँगै चुलीले नगद एक लाख एघार हजार एक सय एघार रुपैयाँ कप मेडल र प्रमाणपत्र समेत क्लबले हात पारेको हो । जाजरकोटस्थित मालिका ट्रेड लिंकलाई पराजित गदै चुली युवा क्लब विजयी भएको हो ।
खलंगास्थित त्रिभुवन माविको खेलमैदानमा बेस्ट अफ फाइभमा खेलाइएको रोमाञ्चक फाइनलमा ३–१ को सेटमा सुर्खेतको चुलीले जितेको हो । २५–१७, २८–३०, २२–२५ र २५–१७ को सेटमा जाजरकोटी टिम पराजित भएको हो ।
प्रतियोगितामा नेपाली सेनाको ज्वालादल गण तृतीय भएको छ । प्रतियोगितमा प्रथमलाई एक लाख ११ हजार १११ , द्वीतियलाई ७७ हजार ७७७ र तृतीयलाई ५५ हजार पाँच सय ५५ नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
साथै प्रतीयोगीतामा बेष्ट स्पाईकर र बेष्ट टिम सेटर चुलीकै टेक अवस्थि र लोकेन्द्र गिरी भएका थिए ।
प्रतियोगितामा स्थानीय क्लब, विभिन्न पालिका, नेपाली सेना र छिमेकी जिल्लाका टिमहरू सहभागी रहेका थिए । गत ११ गते देखी भएको खेलको फाइनल खेल आइतवार विहान गरिएको भएपनी पुरस्कार वितरण सोमवार मात्रै भएको चुली युवा क्लबका व्यवस्थापक चन्द्र जिसीले जानकारी दिए । सो प्रतियोगीताको प्रथम पुरस्कार ग्रहण गर्न क्लबका अध्यक्ष महेश जिसी उपाध्यक्ष मोतीराम रम्तेल र सचिब खगेन्द्र जिसी सहभागी रहेको जिसीले बताए ।