☰ open Loading... 19 April 2024|  

कोषको लागि एक महिनाको तलव
  | १८ पुष २०७५, बुधबार १२:३६

दैलेख । गुराँस गाउँपालिका –६ का वडाअध्यक्ष हिमबहादुर ओलीले आफुले पाउने तलवको रकमबाट बाल कोष खडा गर्ने घोषणा गरेका छन् । बालमैत्री वडा घोषणापछि उनले वडाअध्यक्ष ओलीले आफ्नो एक महिनाको सेवा वापत आउने करिब २० हजार रकम बाल कोषमा जम्मा गर्ने बताएका हुन् ।


गुरासँ गाउँपालिकाले कोषका लागि ५० हजार जम्मा गरेको छ । वडाअध्यक्षले पाउने तलव २० हजार गरेर ७० हजारको कोष खडा गर्ने घोषणा गरेका हुन् । गाउँपालिका अध्यक्ष खेमराज ओलीले वडाअध्यक्ष ओलीलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । बाल कोषको रुपमा खडा गरि जम्मा भएको रकम गरिब र जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने छ ।