☰ open Loading... 16 April 2024|  

६ किलो चरेशसहित दुई पक्राउ
  | २३ पुष २०७५, सोमबार १७:५६

सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बुढा छन् ।

६ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार विशेष सूचना पाएपछि छिन्चुबाट प्रहरी टोलीले खटिएको थियो । प्रहरीले मदानीचौरस्थित जाजरकोट–छिन्चु सडकखण्डको वीरबहादुर बूढाको घरमा चरेश बरामद गरेको थियो ।

सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आइतबार नै सुर्खेत प्रहरीले ४३५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । विभिन्न पसलबाट अवैध तयारी घरेलु मदिरा तथा कच्चा पदार्थ, भाँडावर्तन र मदिरा निर्माणमा प्रयोग हुने पाँच किलो औषधि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।