☰ open Loading... 3 February 2025|  

चन्द सम्मानित
  | २८ पुष २०७५, शनिबार २२:१५

सुर्खेत । दैलेखी सेवा समाजले नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेकाे सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले Liga-1 Indonesia फुटबल प्रतियोगितामा पर्सिजा जाकार्ता क्लवबाट सहभागी भई एसियाबाट पहिलो पटक सर्वोत्कृष्ट खेलाडी बन्न सफल प्रसिद्ध फुटबल खेलाडी रोहित चन्द सम्मानित भएका छन् । राेहित चन्द दैलेखकाे नाैमुले गाउँपालिकाकाे चाैराठा निवासी हुन् ।

त्यस्तै दैलेख जिल्लामा जन्मेर राज्यकाे उच्च आहोदामा पुग्न सफल अग्रज व्यक्तित्वहरू कर्णाली प्रदेश याेजना अायाेगका उपाध्यक्ष माननिय प्रा.डा. पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेश याेजना अायाेगका माननीय सदस्य याेगेन्द्रबहादुर शाही, राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यामल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव प्रा. जगत् उपाध्याय, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकमा बढुवा हुनुभएकाेमा प्रा. डा. धनेश्वर नेपाल र ज्याेति विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत हुनु भएकाेमा श्री मनाेज ज्ञवालीलाई पूर्व प्रधानमन्त्री खनालले बधाइ ज्ञापन गर्नु भएकाे छ ।

उक्त कार्यक्रममा ज्याेतिष पं. धर्मराज रेग्मीकाे बारेमा लेखिएकाे पुस्तक महाप्रस्थान १ सय ५० थान कर्णाली प्रदेश याेजना अायाेगका उपाध्यक्ष प्रा.डा. पुण्य रेग्मीले दैलेखी सेवा समाजलाई निःशुल्क प्रदान गर्नु भएकाे थियाे । सेवा समाजका महासचिव माेहन शाहीले सञ्चालन गरेकाे उक्त कार्यक्रम समाजका अध्यक्ष प्रताप शाहीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सहभागीहरूलाई समाज उपाध्यक्ष मीना थापाले स्वागत गर्नु भएकाे थियाे ।