सुर्खेत । दुई तिहाई बहुमतप्राप्त नेकपा नेतृत्व सरकारले जनतालाई विकासको अनुभूति हुने काम गर्न नसकेको टिप्पणि नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले गरेका छन् । जनताले दुई तिहाईको बहुमत दिएर पठाउँदा पनि नेकपा सरकार निरिह भएको टिप्पणि निधिले गरेका हुन् ।
नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन्धन गर्दै उनले केन्द्रदेखी प्रदेशसम्मकै सरकार जनमुखी नभएकाले निकम्मा भएको टिप्पणि नीधिको थियो ।
‘संविधानमा व्यवस्था भए अनुसारको काम गर्न नसक्ने बहुमत प्राप्त सरकार असफलको दिशामा उन्मुख भएको छ’ नीधिले भने, ‘मैले आलोचनालाई गरेर कार्यकर्तालाई हौसला दिन यो भनेको हैन् पालिका तहका जनताले सावित गरिराख्नु भएको छ ।’
उनले जनताले मत दिएर डाडु पनिऊ सुम्पिदा समेत भात दाल पकाउन नसक्ने नेकपा सरकार ट्रायलमै फेल भएको उल्लेख गरे । केन्द्र सरकार असफल हुनु भनेकै कम्युनिष्ट पार्टी नेपालमै असफल र असक्षम भएको तर्क नीधिले गरे ।
संघीय पक्षमा काम गर्न नसक्ने कम्युनिष्ट सरकार राजनीतिक रुपमा असफल सरकार सावित भएको आरोप उनको थियो । तर सरकारले बनाउनुपर्ने कानुन नबनाएको र प्रदेश सरकारलाई समेत अधिकार नदिएकोमा आक्रोश नीधिले पाखेका थिए ।
‘अहिले प्रदेश सरकारले अधिकार नपाएकाले काम गर्न नसकेको भन्दै आएको छ’ नीधिले भने ‘केन्द्र सरकारले भएका अधिकार पनि आफ्नो मातहतमा ल्याउने रणनीतिमा लागेर जनतामा निराशा बनाइरहेको छ ।’
अहिले ६ वटा प्रदेशमा कम्युनिष्टकै सरकार छ नीधिले थपे, ‘त्यो पनि प्रदेश २ ले समेत साथ दिएको छ । आफ्नै पार्टी प्रदेश सरकारलाई अधिकार र कर्तव्य दिएको छैन् ।’ प्रदेश सरकारलाई अधिकार माग्न लाज लागि रहेको बताएका उनले आफ्नै सरकारले पनि अधिकार नदिँदा के विरोध गर्नु भनेर प्रदेश सरकार मौनतामा रहेको तर्क गरे ।
पार्टीभित्रको गुट अन्त्य भएकाले कार्यकर्तालाई उनले संविधान विरोधी र अलोकतान्त्रिक काम गरिरहेको सरकारको विरुद्धमा लाग्न निर्देशन दिए । आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन गाउँ तहसम्मै पुगेर संगठन विस्तार र सुदृढिकरणमा लाग्न आग्रह गरेका छन् ।