सुर्खेत । सिम्ता गाउँपालिकाले हिउँदे अधिवेशन शुरु गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७५ ÷०७६ को हिउँदे अधिवेशन सोमवार देखि शुरु गरेको हाे ।
‘आर्थिक, सामाजिक,संस्थागत विकासका लागी पुर्वाधार सुशासनयुुक्त सिम्ता गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित सोमवार एक कार्यक्रमको आयोजना गरी अधिवेशन शुरु भएको अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए । स्थानिय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिकाको हिउँदे अधिवेशन कम्तीमा ७ दिन सम्म बस्ने प्रावधान छ ।
हिउँदे अधिवेशन शुरु भएको पहिलो दिन गाउँकार्यपालिका बैठकले ६ महिनामा गरेका १३ निर्णय अनुमोदन गरिएको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र तोकिएको साविक राकम १ स्थित १ सय ४६ रोपनी क्षेत्रफलमा फैलिएको पातचौरमा केन्द्र बनाउनका लागी जग्गा रजिष्ट्रेशन गर्न सम्पुर्ण प्रक्रिया पुरा गरिएको अध्यक्ष केसीले जानकारी दिए ।
गाउँपालिकाको आर्थिक ऐनलाई संसोधन विद्यकका रुपमा सभामा पेश गर्ने निर्णय समेत गरिएको छ । स्थानिय सरकार सञ्चालन गर्न आवश्यक पर्ने विभन्न समिति उपसमिति गठन तथा पुर्नगठन गर्ने निर्णय भएको छ ।
साथै अधिवेशनको पहिलो बैठकले माघ ३ गते सरोकारवालाहरुका बिच गाउँपालिकाको अर्धबार्षिक कार्यप्रगति समिक्षा गर्ने निर्णय भएको अधयक्ष केसीले जानकारी दिए ।