रूकुम पश्चिम । नेपाल प्रेस युनियन रुकुम पस्चिमले स्थापना गरेको सहिद हरिभक्त स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कार २०७५वाट रुकुमका पत्रकार गणेश विक सम्मानित भएका छन् । १५ हजार नगद, दोसल्ला र सम्मान पत्र रहेको उक्त पुरस्कारवाट नागरिक दैनिकमा कार्यरत पत्रकार विकलाइ मंगलवार रुकुमको चौरजहारीमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो । नेपाली काँग्रेसका नेता एवम पुर्व अर्थ मन्त्री डाक्टर रामशरण महत र नेपाली काँग्रेस रुकुमका सभापति एवम सहिद हरिभक्त वलीका छोरा प्रेम प्रकाश वलीले पत्रकार विकलाइ संयुक्त रुपमा उक्त पुरस्कारवाट सम्मान गरे ।
नेपाली काँग्रेस रुकुमका प्रभावशाली नेता एवम पुर्व जिल्ला विकास समितिका सभापति वलीको स्मृतिमा स्थापना गरिएको उक्त पुस्कार यसै वर्ष देखि वितरण गर्न थालिएको हो । प्रेस युनियन रुकुमले यस वर्षको उक्त पुरस्कार पत्रकारीता मार्फत लोकतन्त्र शान्ति र विकासको पक्षमा कलम चलाएको भन्दै नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश समितिका सदस्य समेत रहेका पत्रकार विकलाइ वितरण गर्ने निर्णय गरेको थियो । पत्रकारीता मार्फत जिल्ला र राष्ट्रको हितमा महत्वपुर्ण भुमिका खेलेका कारण पत्रकार विकलाइ युनियनले पुरस्कृत गर्ने निर्णय गरिएको नेपाल प्रेस युनियन पस्चिम रुकुमका सचिव लोकेन्द्र खनालले वताए । उनले यस पुरस्कारले जिल्लामा पत्रकारीताको माध्यमवाट लोकतन्त्र, शान्ति र जनताको न्यायको पक्षमा कलम चलाउने पत्रकारलाइ अझै शसक्त र जागरुक हुन मद्दत गर्ने वताए ।
प्रेस युनियनले आफुलाइ पुरस्कृत गरेर लोकतन्त्र शान्ति र विकासका पक्षमा अझ शसक्त भएर कलम चलाउन आफुलाइ ठुलो हौसला र उर्जा मिलेको पत्रकार विकले वताए । उनले आफुले सधै लोकतन्त्र, जनताको न्याय र स्वतन्त्रता तथा शान्तिको पक्षमा निर्भिक भएर कलम चलाउने प्रतिवद्धता समेत व्यक्त गरे । उक्त पुरस्कारको अक्षयकोष स्थापनाका लागि नेपाली काँग्रेस रुकुमका सभापति तथा सहिद हरिभ्कत वलीका छोरा प्रेमप्रकाश वलीले व्यक्तिगत रुमा दुइ लाख पन्ध्रहजार सहयोग गरेको प्रेस युनियन पस्चिम रुकुमले जनाएको छ । पत्रकारीता मार्फत जिल्ला र समाज र मुलुकको हितमा काम गर्नेहरुलाइ उत्साहित गर्न आफुले आफना वुवा एवम काँग्रेस नेता हरिभक्त वलीको नाममा पुरस्कार स्थापना गर्न सहयोग गरेको काँग्रेस सभापति वलीले वताए । लोकतन्त्र, शान्ति र विकासको पक्षमा कलम चलाउनेहरु उक्त सहिद हरिभक्त स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कारवाट लाभान्वीत हुने उनले वताए । पुरस्कार प्रत्यक वर्ष हरिभक्त स्मृति दिवस अर्थात माघ १ गते विशेष कार्यक्रम गरेर वितरण गरिने युनियन रुकुमले जनाएको छ ।