☰ open Loading... 24 November 2024|  

कर्णाली सभाको हिउदे अधिवेशन फागुन १५ गते आह्वान
  | २३ माघ २०७५, बुधबार १८:४३

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कर्णाली प्रदेश सभाको हिउदे अधिवेश आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी फागुन १५ गते प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।


प्रदेश सभाको दाेस्राे अधिवेशन गत कार्तिक २१ गतेदेखी अन्त्य भएकाे थियाे । तर सरकारले विजनेश नदिएको भन्दै हिउदे अधिवेश संञ्चालन बारे अन्याैलता थियाे । तर  कर्णाली सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभामा पेश गर्न तीन मन्त्रालयलाई तयार गरेको विधेयकलाई स्वीकृत दिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

उनका अनुसार बैठकले सामाजिक विकास मन्त्रालय प्रस्ताव गरेको प्रदेश खेलकुदको विकास सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक र घरेलु हिंसा नियन्त्रण गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सुशासन सम्वन्धी विधेयक, सार्वजनिक प्रसारण सम्वन्धी व्यवस्था गर्न वनेको विधेयक २०७५ र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रस्तावित गरेको प्राङ्गारिक कृषि विधेयक २०७५ पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको प्रवक्ता केसीले जानकारी दिइन् ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रस्तावित गरेको खाद्य उत्पादन, संरक्षण तथा खाद्य अधिकारको प्रवर्द्धन विधेयक २०७५ लाई मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ ।

भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि गरेको प्रस्ताव संघीय सरकारलाई पठाउने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रस्तावित गरेको श्रम तथा रोजगार प्रवर्द्धन नीति २०७५ लाई स्वीकृत र भौतिक पुर्वाधार मन्त्रालयले प्रस्ताव गरेको पुर्वाधार विकास प्राधिकरण गठन गर्ने सम्वन्धमा वनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरिएको केसीको भनाई छ ।