☰ open Loading... 17 November 2024|  

महासचिव कंडेलद्वारा ट्राफिकलाई सहयोग
  | ८ चैत्र २०७५, शुक्रबार १८:१३

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले ट्राफिक कार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा पुग्ने सेवाग्राहीका लागि महासचिव कंडेलले ३२ इन्चीको टेलिभिजन हस्तान्तरण गरेका हुन् ।


समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत २७ हजार मुल्यको टेलीभिजन जिल्ला ट्राफिक प्रहरी प्रमुख हरी विसिलाई दिएको कंडेलले जानकारी दिए । कंडेलले कार्यालयलार्इ ल्यापटप व्याग समेत दिएका छन् । कंडेलले दिएको टेलिभिजन सेवाग्राहीका लागी ट्राफिक प्रहरी कार्यालयमा राखिने छ ।

कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष समेत रहेका कंडेलले व्यावसाय केवल नाफाका लागी मात्र नभएकाले समाजसेवाका क्षेत्रमा सहयोग गर्दै आएको बताए । व्यावसायसंगै सामाजिक क्षेत्रमा कंडेल सहयोग गर्दै आएका छन् । कंडेल कर्णालीकाे बजाज कम्पनीकाे असिम अटाे पार्टसका सञ्चालक समेत हुन् ।

यस्ता सहयोगहरुले प्रहरी र नागरिक विचको सम्वन्ध अझ बलियो हुँदै जाने जिल्ला ट्राफिक प्रमुख हरी विसिले जानकारी दिए । कंडेलले गरेको सहयोगले प्रहरीको उत्तरदायित्व अझ बढेको बताए ।