☰ open Loading... 20 April 2024|  

वर्तमान सरकार भ्रष्ट र दलाल भएको शर्माकाे अाराेप
  | ९ चैत्र २०७५, शनिबार १९:०३

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सेक्रेटरी चक्रपाणी शर्माले वर्तमान सरकार भ्रष्ट र दलालको सरकार भएको आरोप लगाउनु भएको छ । आज सुर्खेतमा पत्रकारहरुसंग कुराकानी गर्दै शर्माले कम्यूनिष्टको दुईतिहाईको सरकार भएर पनि केही गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको हो ।

अहिले आफ्नो पार्टी संगठन सुदृढीकरणको सिलसिलामा रहेको भन्दै नेता शर्माले कर्णाली प्रदेश सरकारले पनि केही गर्न नसकेको बताउनुभयो । कुरा मात्र बढी गर्ने तर काममा केही पनि नगर्ने कर्णालीको सरकार भन्दै उहाले आलोचना गनुै भयो ।

उहाले सिके रावललाई रातो कार्पेटले स्वागत गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनु दुईवटै काम ठिक नभएको बताउनुभयो ।, साथै विप्लवले लिएको बाटो पनि सही नभएको उहाको भनाई छ ।

त्यस्तै देशभक्त गणतान्त्रीक मोर्चाका कर्णालीका संयोजक दिपक शाहीले आफूहरु भ्रष्टचार र वेििथतीका विरुद्ध लागिपरेको बताउनुभयो । यही चैत्र २४ गते काठमाडठौंमा भव्य कार्यक्रम गर्न लागिरहेको जनाकारी दिदै उहाले त्यसैको तयारीमा लागेको बताउनुभयो ।