☰ open Loading... 16 April 2024|  

एकलाख नगदसहित १० जना जुवाडे पक्राउ
  | ११ चैत्र २०७५, सोमबार १५:५९

सुर्खेत । नगद एक लाख सहित सुर्खेतको वीरेन्द्रनगरवाट १० जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका १ ढोडेखालीमा जुवा खेल्दै गरेको अवस्थामा निशान्त विक, गणेशबहादुर खडका, चन्द्रबहादुर गुरुङ, कमल खत्री, प्रकाश ओली, खडकबहादुर सिंह ,लोकबहादुर थापा, चन्द्रबहादुर रावत र लोकबहादुर रावत पक्राउ परेका हुन् ।

जुवा खालवाट प्रहरीले नगद एक लाख सात हजार रुपैयाँमा र तीन गड्डी तास बरामद गरेको छ । पक्राउ पर्ने १० जनालाई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका नायब प्रहरी निरीक्षक प्रदिपबहादुर क्षत्रीले वताएका छन् ।