☰ open Loading... 20 April 2024|  

गुरासँको जुस उत्पादन शुरु
  | १६ चैत्र २०७५, शनिबार १७:२६

दैलेख । गुरासँको फुललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । गुरासँको फुललाई औषधीको रुपमा प्रयोग गर्न घरघरमा लगेर राख्ने प्रचलन अँझै छ । प्रविधिको प्रयोगबाट गुरासँलाई जुसका रुपमा उत्पादन हुन थालेको छ । जुसले स्वास्थ्यलाई धेरै फाईदा दिने गर्दछ । अहिले दुल्लु नगरपालिकामा गुरासँको जुस निकाल्नका लागि तालिम समेत चलाईएको छ ।


नगरपालिकाभित्रका जंगलमा रहेका लालिगुरासँका फुलबाट जस निकाल्नका लागि ज्वाला मालिका एग्रो प्रा.ली.को आयोजनामा जुस उत्पादन लागि तालिम समेत दिईएको छ । गुरासँको फुललाई प्रशोधन गरि जुस निकाल्नका लागि तालिम दिई जुस पनि निकाल्ने कार्य भएको दुल्लुनगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।

जुसले स्वास्थ्यलाई पनि फाईदा गर्ने भएकाले लाभदायी भएको मेयर भण्डारीले बताए । जुस उत्पादन तालिममा नगरपालिकाका मेयर भण्डारीले वनमा रहेका बस्तुबाट अर्गानिक जुस उत्पादन गर्न लागेको भन्दै यसले यूवास्वरोजगार र गरिबी निवारणमा टेवा पुग्ने बताए । यसको बजार पनि राम्रो रहेको उनले बताए । कार्यक्रममा ज्वाला मालिका एग्रोका संचालक किरण भण्डारीले सामुदायिक वनमा भएका वस्तुलाई प्रयोगमा ल्याई आयआर्जनमा जोड्न लागिएको बताए ।

जुस बजारमा छिटै ल्याउने तयारी भएको संञ्चालक भण्डारीले बताए । स्वस्थकर जुस भएकाले सवैले प्रयोग गर्न मिल्ने जनाईएको छ । गुरासँको जुसले ग्याष्टीक,पाचन समस्या, मधुमेह, जुनसुकै विरामीले पनि खाएमा स्वास्थ्यमा सुधार आउने जनाईएको छ । जुस उत्पादन नहुँदा गुरासँको फुल नै खाने प्रचलन पनि समाजमा अँझै छ ।

जुस उत्पादन गरि बजार पुगेपछि जिल्लाको पहिचान हुने स्थानीय अगुवा निरक शाहीले बताए । बाहिरबाट आएको जुस खान रोकिने र यहाँबाट बाहिर जुस जाने शाहीको भनाई छ । तालिम सुर्खेत बायोकेमीकल एण्ड हाइजिन ईन्डष्ट्रीजको सहयोगमा संचालन भएको थियो । जुस बनाउनका लागि तालिम राजेन्द्र विष्टले गराएका थिए ।

जुसलाई ल्याव टेष्टका लागि काठमाडौं पठाईएको छ । जुसको ल्याव टेष्ट भइसकेपछि मात्र बजारमा उपलब्ध गराइने संचालकले जानकारी दिए ।