☰ open Loading... 18 November 2024|  

३० लाख रकम अनियमितता भएको आंशका
  | १६ चैत्र २०७५, शनिबार १७:२८

दैलेख । नारायण नगरपालिका गर्त वर्ष कन्टिजेन्सीको रकम अनियमितता भएको आंशका गरिएको छ । कहाँ कसरी कन्टिजेन्सी रकम खर्च गरियो भनेर नगरपालिकाकै विजयी वडा सदस्यले सुचना माग्दा पनि नपाएपछि अनियमितता भएको आंशंका गरिएको हो ।

नारायण नगरपालिका –१ का वडा सदस्य रमेश केसीले गत वर्ष कन्टिजेन्सीको ३० लाख रकम कहाँ र कसरी खर्च भयो भनेर विवरण पटक पटक माग्दा पनि पाउँन नसकेको गुनासो गरे ।

नगरपालिकामा भएको अनियमितताबारे मैले आवाज उठाउँदा समेत सुनुवाई हुँर्दैन् । उनले भने, सुचना हक प्रयोग गरेर सुचना माग्दा समेत दिएनन् । गर्त वर्ष भएको खर्च नदेखिएपछि आफुले कहाँ कति खर्च भयो भनेर माग गरेको उनले बताए । नगरपालिकामा ल्याईएको नयाँ बन्दबडी स्कारपियोमा पनि अनियमितता भएको खुलासा भएको छ ।

गाडी खरिदमा कार्यालय र कम्पनीविच आर्थिक चलखेल भएको अडियो रहेको छ । नगरपालिकाकै एक सदस्यले भने, ‘आवश्यक परेको खण्डमा गाडी भुक्तानीको विषयमा भएको वार्गेनिङ्गको अडियो रेर्कड उपलव्ध गराउन तयार छु ।’

श्रोतका अनुसार नगरपालिकाका प्राय योजनामा पैसाको लेनदेनका लागि कामै ढिलाई हुने गरेको छ । लेनदेनमा कुरा नमिल्दा नयाँ ल्याईएको जिपको रकम भुक्तानी हुन अँझै बाँकी रहेको जनाएको छ ।

नारायण नगरपालिकाका सुचना अधिकारी निरक रावलले कार्यालयमा मागिएको सुचना कार्यालयका शाखाहरुबाटै नदिने गरेकाले आफुले सुचना दिन नसकेको बताए । मैले सुचना माग्दा फाटँबाट पाउँदिन् । सुचना अधिकारी रावलले भने, कसरी सुचना माग्नेहरुलाई देउ । सेवाप्रवाहमा ढिलासुस्ती हुने सानो काम पनि हप्तादिन लगाउने गरेको सेवाग्राहीले आरोप लगाएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत कार्यालयप्रति जिम्मेवारीबोध नहुँदा कामहरु रोकिएको र सेवाग्राही कामविनै घर फर्कनुपर्ने बाध्यता रहेको बताउँछन् । आफु नियतवस सेवा अवरोध नगरेको प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत बताउँछन् । एक महिनादेखी भुक्तानीका लागी कार्यालयमा धाउदा समेत भुक्तानी दिन आलटाल गरेको एक ब्यवसायीले बताए ।