☰ open Loading... 18 November 2024|  

कर्णालीका १० अाेटै कारागारमा पुस्तकालय स्थापना, २३ गते उद्घाटन गरिँदै
  | १९ चैत्र २०७५, मंगलवार १७:५२

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा रहेका कारागारहरुमा पुस्तकालय स्थापना गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरत करागारमा पुस्तकालय स्थापना गरेको हो ।


कारागार अपराधी थुन्ने ठाउँमात्रै नभई चरित्र सुधार गर्ने ठाउँ भएकाले पुस्तकालय स्थापना गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआईजी महेशविक्रम शाहले जानकारी दिए । अध्ययनबाट सकारात्मक सोच विकासहुँदा समाजमा शान्तिसुरक्षा प्रभावकारी हुने भएकाले पुस्तकालय स्थापना गरिएको शाहको भनाई छ ।

कारागारका पुस्तक अभियान यही चैत २३ गते पुस्तकालय उद्घाटन गर्ने शाहले बताए । पत्रकार सम्मलेनमा बोल्दै शाहले २३ गते प्रदेशका १० वटै जिल्ला कारागारमा पुस्तकालय स्थापना भएको जानकारी दिए ।

कारागारलाई किताब उपलब्ध गराउने अभियानका संयोजक समेत रहेका प्रदेश प्रहरी प्रमुख शाहले कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदिहरुलाई किताब उपलब्ध गराउने लक्ष्यले किताब अभियान गरिएको थियो । यो अभियानले प्रदेशभरबाट आठ हजार ३ सय ८८ पुस्तक संकलन गरी कारागारहरुमा पुस्तकालय स्थापना गरिएको छ ।

प्रदेश स्तरबाट चार हजार २ सय ८२ र जिल्ला स्तरबाट चार हजार एक सय ६ पुस्तक व्यवस्थापन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख शाहले जानकारी दिए ।

उनले सामाजिक विकास मन्त्रालयले पुस्तक किन्न पाँच लाख बराबरको रकम उपलब्ध गराएको बताए । सबै पुस्तकहरुको जम्मा रकम एक्काइस लाख ८ हजार ८ सय ७२ रहेको छ । उक्त पुस्तकका लागि प्रदेश स्तरबाट नौ लाख अरसठ्ठी हजार ६ सय ७५ रकम उपलब्ध भएको थियो भने जिल्ला स्तरबाट एघार लाख चालिस हजार एक सय ९७ रुपैयाँ उपलब्ध भएको थियो ।

कर्णाली प्रदेश अन्तर्गत रहेका जिल्ला कारागारमा पहिलो पटक स्थापना हुन लागेको पुस्तकालयको संरक्षणको लागि बुक क्लब समेत गठन गरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा स्थापना हुने पुस्तकालयको संरक्षणको लागि बुक क्लब गठन गरिएको प्रदेश प्रहरी प्रमुख तथा अभियानका संयोजक शाहले बताए ।

‘पुस्तकालय स्थापना गरेर मात्रै हुंदैन ।’ उनले भने ‘हरके शनिबार पुस्तकहरुको समिक्षा गर्ने र मासिक रुपमा सबैभन्दा बढि पुस्तक पढ्नेलाई पुरस्कारको व्यवस्था गर्ने हाम्रो योजना छ ।’ पुस्तकालयको निगरानी र संरक्षणको जिम्मा बुुक क्लबका पदाधिकारीहरुलाई दिने तयारी समेत भएको प्रमुख शाहले बताए ।