☰ open Loading... 29 September 2025|  

आश्रमै मनाए ढकालले जन्मदिन
  | १९ चैत्र २०७५, मंगलवार १८:००

सुर्खेत । सुर्खेती कलाकार तथा युवा व्यवसायी विशाल ढकालले आफ्नो जन्मदिन मावन सेवा आश्रममा मनाएका छन् । वीरेन्द्रनगर–१२ नेवारेमा रहेको आश्रममा आश्रय लिइरहेका असहायहरुसंग ढकालले २९ औं जन्मदिन मनाएका हुन् ।


जन्मदिनकै अवसरमा ढकालले आश्रममा फलफूल वितरण गरेका छन् । ढकालले आश्रममा आवश्यक रहेको गेट निमार्णका लागि फलामको पाईप समेत सहयोग गरेका छन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा असहाय बुवाआमासहित आश्रमका लागि आवश्यक पर्ने सामाग्री सहयोग गरेको ढकालले जानकारी दिए ।

‘जन्मदिनको नाममा पछिल्लो समय फजुल खर्चमा हजारौं रुपैयाँ खर्च गर्ने गरिन्छ’ उनले भने ‘फजुल खर्च हुने रकम यस्तै असहायको लागि खर्र्चिए उनीहरुलाई ठुलो राहत पुग्छ ।’ जन्मदिनमा अनाबश्यक खर्च गर्नेभन्दा पनि सामाजिक काममा लगाउनुपर्नेमा उनको जोड छ ।

‘अनाबश्यक खर्च गर्ने अहिलेको प्रचलन अन्त्य गर्नुपर्छ’ उनले भने ‘फजुल खर्ज गरेर जन्मदिन तामझाम साथ गर्नुभन्दा असहाय लगायत अन्य सामाजिक कार्यमा लगानी लगाउदाँ राम्रो हुन्छ ।’